Headlines News :
Home » » पानमाको पोष्टमा अर्जेन्टिनाको ५ गोल..

पानमाको पोष्टमा अर्जेन्टिनाको ५ गोल..

Written By news on Friday, 10 June 2016 | 21:22


मेस्सीले गरे ह्याट्रिक
काठमाडाैं : काेपा अमेरीका कप फुटबल प्रतियोगितामा अर्जेन्टीनाले पानमालाई ५ ० गोल अन्तरले पराजित गरेको छ । लिओनल मेस्सीको हृयाट्रिकको मदतमा पनमालाई हराएपछि अर्जेन्टिना क्वार्टरफाइनलमा समेत पुगेको छ ।
लगातार दोस्रो जितसँग अर्जेन्टिना समूह चरण अन्तिम खेल अघि नै क्वार्टरफाइनलमा पुगेको हो ।

अमेरिकाको सिकागोमा भएको खेलमा अर्जेन्टिनाले स्टार खेलाडी मेस्सीलाई बेन्चमा राखेको थियो । खेलको सातौं मिनेटमा अतामेन्डीले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाति अग्रता दिलाए । अर्जेन्टिनाले पहिलो खेलमा साविकको विजेता चिलीलाई हराएको थियो । जुन खेलमा मेस्सी बेन्चमै बसेका थिए ।

खेलको ३१ औं मिनेटमा पानामा १० खेलाडीमा सिमित भयो । लगातार दोस्रो पहँलो कार्ड पाएका गोडोआई रातो कार्ड खाँदै मैदानबाट बाहिरिए । यद्यपि अर्जेन्टिनाले गोल थप्न सकेन ।

खेलको ६१ औं मिनेटमा फेर्नान्डेजको स्थानमा मेस्सी मैदान प्रवेश गरे । त्यसको ७ मिनेटपछि नै हिगुइनको पासमा मेस्सीले गोल गर्दै अग्रता दोब्बर पारे ।

७८ औं मिनेटमा दोस्रो गोल गरेका मेस्सीले ८७ औं मिनेटमा हृयाट्रिक पुरा गरे । खेलको अन्तिममा सर्जिओ एग्युरोले गोल गरेपछि अर्जेन्टिना ५(० को फराकिलो अन्तरले विजयी भएको छ ।

लगातार दोस्रो जितसँगै अर्जेन्टिनाको ६ अंक भएको छ । पानामा र चिलीको ३(३ अंक छ भने बोलिभिया अंकबिहीन छ ।

अब समूह चरणमा अर्जेन्टिनाले बोलिभियासँग खेल्नेछ भने पानामा र चिली एकआपसमा भिड्नेछन् । पानामा र चिलीको खेलको विजेता अन्तिम ८ मा पुग्नेछन् भने बोलिभिया समूह चरणबाटै घर र्फकने निश्चित भएको छ ।



Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger