Headlines News :
Home » » कर्मचारी युनियनमा एमालेको बहुमत, कांग्रेस, माओवादी, मधेसी पत्तासाफ !

कर्मचारी युनियनमा एमालेको बहुमत, कांग्रेस, माओवादी, मधेसी पत्तासाफ !

Written By news on Wednesday, 1 June 2016 | 22:32

काठमाडौं, २० जेठ । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन निर्वाचनमा एमालेनिकट नेपाल निजामती कर्मचारी संगठनले दुईतिहाइ स्थानमा जित हासिल गरेको छ ।

मन्त्रालय, विभाग र जिल्लास्तरीय कार्यसमिति गरी एक सय १७ स्थानमा भएको निर्वाचनमा संगठन ७० भन्दा बढी स्थानमा पहिलो भएको हो ।

केन्द्रमा रहेका विभिन्न मन्त्रालय र विभाग गरी ४२ निकायमध्ये संगठनले २८ र ७५ जिल्लामध्ये ४५ जिल्लामा पहिलो स्थान ल्याएको छ ।

कांग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियन (संघ) दोस्रो स्थानमा आएको छ । युनियनले १७ स्थानमा जित हासिल गरेको छ ।

माओवादी केन्द्रनिकट राष्ट्रिय कर्मचारी संगठनले दुई स्थानमा जित हासिल गरेको छ । मधेसी दलनिकट मधेसी कर्मचारी मञ्च चार जिल्लामा विजयी भएको छ ।

प्रमुख निर्वाचन अधिकृतको कार्यालयका अनुसार बुधबार रातिसम्म गणना भएको ३८ हजार मतमध्ये संगठनले १७ हजार प्राप्त गरेको छ ।

युनियन (संघ)ले १३ हजार, माओवादीनिकट संगठनले चार हजार तथा मञ्चले २७ सय मत ल्याएको छ ।

बुधबार भएको निर्वाचनमा देशभरका कुल ५५ हजार तीन सय २२ मतदातामध्ये ८० प्रतिशतभन्दा बढी निजामती कर्मचारीले मतदान गरेका थिए ।

जिल्लादेखि केन्द्रसम्म भएको निर्वाचनमा पाएको मतका आधारमा समावेशी किसिमले भागबन्डा गरिने प्रावधान छ ।

जिल्ला, विभाग तथा मन्त्रालयमा खसेको सबै मत जोडेर केन्द्रीय नेतृत्व छनोट हुनेछ ।

केन्द्रमा सबैभन्दा बढी मत ल्याउनेलाई अध्यक्ष र कोषाध्यक्ष दिइनेछ भने दोस्रो मत ल्याउनेलाई महासचिव दिइनेछ । तेस्रो मत ल्याउनेलाई उपाध्यक्ष र चौथो मत ल्याउनेलाई सचिव दिइनेछ ।

जिल्ला तथा विभागमा पहिलो मत ल्याउनेलाई अध्यक्ष र कोषाध्यक्ष, दोस्रो मत ल्याउनेलाई उपाध्यक्ष, तेस्रो मत ल्याउनेलाई सचिव र चौथो मत ल्याउनेलाई सहसचिव दिइनेछ ।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger