Headlines News :
Home » » प्रहरीलाई यो पनि छुट छ त ? मध्यरातमा सुतेका पाहुना उठाउँछ प्रहरी !

प्रहरीलाई यो पनि छुट छ त ? मध्यरातमा सुतेका पाहुना उठाउँछ प्रहरी !

Written By news on Wednesday, 1 June 2016 | 22:45

भरतपुर । प्रहरीले मध्यरातको समयमा होटल तथा लजमा सुतेका पाहुनालाई उठाएर अनावश्यक दुःख दिने गरेको होटल व्यवसायीहरुले बताएका छन् ।

वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक राजेन्द्र थापाको नेतृत्वको टोलीले मध्यरातमा होटल तथा लज खोल्न लगाएर अनावश्यक दुःख दिएको होटल व्यवसायीहरुको आरोप छ । प्रहरीले होटल तथा लजमा हुने ‘गलत धन्दा’लाई रोक्न निगरानीमात्र बढाएको दाबी गरेको छ ।


केही दिनअघि राती ११ बजेको समयमा संगमरोडमा रहेको होटल बाग्लुङ कालिकामा प्रहरी निरीक्षक थापासहितको टोलीले निगरानी गरेको थियो । बन्द भइसकेको होटलमा निरीक्षणको नाममा प्रहरीले जबर्जस्ती होटल खोल्न लगाएर अनावश्यक दुःख दिने गरेको होटल व्यवसायीले बताए ।

बाग्लुङ कालिकाका होटल सञ्चालकले आफूकहाँ आएका पाहुनाबारे रिसेप्सनमा भएको सबै कागजपत्र देखाउँदा पनि सबै पाहुनालाई उठाएर निरीक्षण गरेको बताए । होटलका पाहुना गोविन्द शर्माले मध्यरातमा प्रहरीले खानतलासी गर्ने नाममा अनावश्यक दुःख दिएको बताए ।


यस होटलका प्रहरीले सबै कोठा हेरेको थियो । यतिसम्म कि हरेक पाहुनालाई उठाएर झोला, कपडा र ओछ्यान र पलङको पल्लासमेत खोल्न लगाएको थियो । ‘प्रहरीले होटल तथा लजमा हुने गलत धन्दा पर्दाफास गर्ने नाममा अनावश्यक दुःख दियो, भारत मोतीहारीबाट तन्ना व्यापार गर्न आएका एक पाहुनाले भने, ‘शान्ति सुरक्षाको नाममा प्रहरीको ज्यादती हो यो ।’


वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक थापाले कसैलाई दुःख दिने नियतले नभई अपराध अनुसन्धानकै एउटा पाटोको रुपमा होटल तथा लजमा निरीक्षण गरिएको बताए । अन्य ठाउँमा अपराध गरेर यहाँका होटल तथा लजमा आएर बस्नेहरु पनि हुन्छन्, त्यस्ता व्यक्ति पक्राउ गर्न पनि होटल तथा लजमा निगरानी गरिएको उनले बताए ।


उनले होटल तथा लजमा हुने यौन धन्दा हटाउन आफू लागिपरेको दाबी गरे । पछिल्लो केही दिनमा नारायणगढका केही होटल तथा लजबाट बेश्यावृत्तिमा संलग्न हुने र संलग्न गराउने होटल सञ्चालकलाई पनि पक्राउ गरिएको उनले जानकारी दिए ।


होटल व्यवसायी संघ चितवनका निवर्तमान अध्यक्ष इमान्दु बरालले प्रहरीको नेतृत्व वा जिम्मेवारी फेरिने बित्तिकै आफूलाई चिनाउन वा अन्य केही स्वार्थ पूरा गर्न होटल र लजका साहुलाई अनावश्यक दुःख दिने काम धेरै भइसकेको छ, यस्तो गलत कामको अन्त्य हुनु जरुरी छ ।’


होटल व्यवसायी संघ चितवनका अध्यक्ष डासीराम ढकालले पछिल्लो समय प्रहरीले शान्ति सुरक्षाको नाममा ज्यादती गरेको आरोप लगाएको खबर चितवन पोष्टमा छ ।

दिनको समयमा वा बेलुकी पख पनि निरीक्षण गर्न सकिनेमा मध्यरातमा आई दुःख दिने गरेको अध्यक्ष ढकालले बताए ।

- See more at: http://www.newsabhiyan.com.np/news-details.php?nid=31770#sthash.Iu2KMpJd.dpuf
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger