Headlines News :
Home » » ज्वाईसँग अदालतमै विहे गरिन यी महिलाले ,छोरी बेहोस !!

ज्वाईसँग अदालतमै विहे गरिन यी महिलाले ,छोरी बेहोस !!

Written By news on Monday, 13 June 2016 | 02:07

३१ जेठ | यस्तो पनि हुँदो रहेछ दुनियाँमा । जहाँ छोरीको घर बसाउने आमा नै छोरीकी सौता बनेकी छिन् । घटना भारतको विहार राज्यस्थित मधेपुरा जिल्लाको हो । जहाँको पुरैनी गाउँमा एक महिलाले आफ्नै छोरीका श्रीमान (ज्वाई)सँग प्रेम गर्दै विहेसम्म गरेकी छिन् ।

आशा देवी नामकी यी महिलाले केही वर्ष पहिला मात्र आफ्नो छोरीको विहे धुमधामका साथ गरेकी थिइन् । तर, अहिले उनले ज्वाईसँगै पूर्णिया कोर्ट (अदालत)मा विहे गरेकी छिन् । यो सम्बन्ध थाहा पाएपछि छोरी बेहोस भएकी छिन् ।

त्यसपछि होसमा आएकी उनले सोच्न सकिरहेकी छैनन् कि जून आमाले उनको घर बसाएकी थिइन्् त्यही आमाले घर बाड्न सक्छिन् र ? यसरी बस्यो सासु र ज्वाईको प्रेम छोरी विहे गरेर पठाएको केही दिनमै ज्वाई विरामी परे । यो खबर सुनेर सासु ज्वाईको हेरचाँह गर्न छोरीको घर पुगिन ।

 फेरि एक–अर्काबीच प्रेमको टुसा पलायो । उनी आफ्नो घर फर्किइन् तर, ज्वाई र उनको प्रेम झन झन बढ्दै गयो । दुबै घण्टौसम्म एक–अर्काबीच फोनमा कुरा गर्न थाले ।

गाउँलेले सासु र ज्वाईले विहे गर्न लागेको थाहा पाएपछि उनीहरुले पञ्चायतबाट सासु र ज्वाई सँगै बस्ने निर्णय गराए । पञ्चायतले सासु र ज्वाईबीच गहिरो प्रेम भए दुबैलाई एक साथ बस्न दिनुपर्छ भन्यो । पञ्चायतको फैसलाले सासु र ज्वाई खुसी भए ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger