Headlines News :
Home » » मेडियामा र सामाजिक संजालमा करिस्माको चौतर्फी आलोचना भए पछि करिस्माले फेसबुकमा कडा जवाफ दिइन..

मेडियामा र सामाजिक संजालमा करिस्माको चौतर्फी आलोचना भए पछि करिस्माले फेसबुकमा कडा जवाफ दिइन..

Written By news on Monday, 13 June 2016 | 02:30

काठमाडौं जेठ ३१ | विभिन्न कारणले करिस्मा मानन्धरको चर्चा भइ नै रहन्छ । तर हिजोको नयाँ शक्तिको पार्टी घोषणामा भने उनको चर्चा फरक किसिमले भयो । कार्यक्रमको उद्घोषणको जिम्मा लिएर आएकी उनी राम्री देखिएकी थिइन् । तर उनको प्रस्तुतीले भने उनको सुन्दरता केहि फिक्का जस्तो देखियो । उनले पटक पटक गल्तिहरु गरिरहिन् ।

अतिथिको नाम नै गलत भन्दिएर तथा औपचारिक कार्यक्रममा उनको अनौपचारिक गतिबिधी गरेर असन्तुलित बनाइदिइरहिन् । राजनीतिमा नयाँ प्रवेश गरेकी उनको यो कमजोरी सायद सामान्य नै थियो । असामान्य त त्यो बेला भयो, जब उनले सकिनसकी अंग्रेजीमा कार्यक्रम चलाउँन थालिन् । उनले टुटेफुटेको अंग्रेजी बोलिरहदा बरु नेपालीमा कार्यक्रम चलाइदिए हुन्थ्यो भन्ने लाग्थ्यो । अझ जापानबाट आएको शुभकामना सन्देश वाचन गर्दा त उनको हालत खराब देखियो । उनले धेरै शब्द उच्चारण गर्नै सकिनन् र पटक पटक माफी मागिन् । उनको कमजोरीलाई सामाजिक सञ्जालमा खुबै उडाइयो । सुरुमा आफ्नो कमजोरी स्विकारेकी उनले आवश्यक तयारी गर्न नपाएकाले गल्ति भएको अन्तर्वार्ता दिएकी थिइन् । तर समय बित्दै जाँदा उनलाई के लागेछ कुन्नी, फेसबुकमा यस्तो स्टाटस पोस्ट गरिछन् – मान्छेले मेरो बारेमा के भनछन् भन्ने म वास्ता गर्दिनँ ।

उनको स्टाटस हेरे पछि भन्नै पर्ने हुन्छ कि अब उनी नेतृ बन्दैछिन्, उनले मान्छेहरुले कस्तो टिप्पणी गर्दैछन् भन्ने वास्ता गर्नै पर्छ । नत्र मान्छेकै वास्ता नगरि कसरी नेतृ भइन्छ त करिस्माजी ?
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger