|
|
काठमाडौं असर १ । एसियाली मुलुकका नीति र योजनाकारको उच्चस्तरीय सम्मेलनमा चिनियाँ राष्ट्रपति सि जिनपिङद्वारा प्रस्तुत ‘वन बेल्ट वन रोड’ सम्बन्धी नीतिमा नेपालको तर्फबाट फर्जी मानिसले प्रतिनिधित्व गर्दै टिकाटिप्पणी समेत गरेका छन् ।
आजको जनआस्था साप्ताहिकमा खबर छ – चीनजस्तो विश्वकै दोस्रो ठूलो आर्थिक साम्राज्यद्वारा आयोजित एसियाली मुलुकका नीति र योजनाकारको उच्चस्तरीय सम्मेलनमा नेपालबाट गलत हैसियत र पद राखेर गएका नक्कली व्यक्तित्वले प्रतिनिधित्व गर्नु मुलुककै लागि लज्जास्पद विषय बनेको छ ।
बेइजिङमा आयोजित सो ‘थिंकट्यांक’ सम्मेलन नेपालका उपराष्ट्रपति नन्दबहादुर पुन विशिष्ट अतिथि रहेको छैटौं दक्षिण र दक्षिण पूर्व एसियाली व्यापार मेलाको साइड लाइन सम्मेलन हो । यस्तो महत्वपूर्ण कार्यक्रममा गलत ढंगले प्रवेश गरी चिनियाँ राष्ट्रपतिको प्रस्तुतीमा निर्धक्क टिप्पणीसमेत गर्ने नेपाली पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेका कान्छा छोरा नीरजनाथ पाण्डे हुन् ।
नीरज नेपालमा रहँदा चिनियाँ भाषासमेत जानेकाले चिनियाँ पर्यटकका लागि पर्यटक पथप्रदर्शकका रुपमा काम गर्ने स्रोतले बताएको छ ।
|
|
Post a Comment