Headlines News :
Home » » अनौठो पार्क, जहाँको हावामा पनि मिसिएको हुनेछ यौनको स्वाद..

अनौठो पार्क, जहाँको हावामा पनि मिसिएको हुनेछ यौनको स्वाद..

Written By news on Tuesday, 14 June 2016 | 21:55


दुनियामा एक से एक चमत्कारी पार्कहरु बनिसकेका छन् । संयुक्त अरब इमिरेट्समा फरारी वल्र्ड छ भने चीनमा डुअर्फ अम्पाएर ।

त्यस्तै अर्जेन्टिनामा द रिपब्लिक अफ चिल्ड्रेेन नामक भव्य पार्क छ । तर अब ब्राजिल दुनियाका यी सबै दामी र नामी पार्कहरु भन्दा एक कदम अघि बढ्दैछ । ब्राजिलमा वाइल्ड तथा रोचक पार्क बनाउने तयारी भैरहेको छ । उक्त पार्कको थिम हुनेछ सेक्स ।

त्यस इरोटिक ल्याण्डमा पार्कमा केवल वयस्कहरुले मात्र प्रवेश पाउनेछन् । यो पार्क पिरासिकाबा सहरमा बनाइनेछ । यद्यपि बन्न सुरु नहुँदै यस पार्कको विरोध सुरु भैसकेको छ । यस्तो यौनिकताले भरिपूर्ण पार्क सहरमा राख्दा गलत सन्देश जाने विरोधकर्ताहरुको दाबी छ । पिरासिकावा सिटी काउन्सिलका सदस्य म्याथ्यूज अर्लरले आफ्नो सहर सेक्स क्यापिटलको रुपमा चिनियोस् भन्ने आफुले नचाहेको बताए ।

यो पार्कमा प्रवेश गर्न १ सय डलर शुल्क तिर्नुपर्नेछ । त्यहाँ सेभेन डी सिनेमाको सुविधा पनि हुनेछ । बस्ने सिटहरु चलायामान हुनेछन् ।

त्यहाँ निर्वस्त्र मानिसहरु पौडी खेल्ने पोखरीका साथै एक सेक्स प्लेग्राउण्ड पनि हुनेछ । त्यहाँ ठूला ठूला कारहरु पनि गुप्तांगकै आकारका हुनेछन् । स्न्याक बारमा पनि कामोत्तेजक चिजहरु पाइनेछन् । यद्यपि पार्कभित्र रमाइलो गर्न छिरेका जोडीहरुलाई सम्भोगको अनुमति भने हुनेछैन । यदि मानिसहरुलाई पार्क घुम्दाघुम्दै यौनको इच्छा जाग्यो भने जोडी कसेर नजिकैको मोटेलमा छिरे हुन्छ ।

उक्त पार्कमा स्वास्थ्य तथा यौन सुरक्षाको बारेमा पनि जानकारी प्रदान गरिनेछ । त्यहाँका कर्मचारहिरुले पाहुनाहरुलाई यौन सम्पर्कका बेला कण्डमको प्रयोग गर्न प्रोत्साहित गर्दछन् । त्यसका साथसाथै मानिसहरुलाई यौनिकताको इतिहासका बारेमा जानकारी प्रदान गरिनेछ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger