|
|
चार दिन अघि तामझामका साथ घोषणा गरिएको नयाँ शक्ति नेपालभित्र विवादले चर्को रुप लिएको छ । पार्टी घोषणाको भोलिपल्ट राजधानीमा भएको पार्टीको पहिलो राष्ट्रिय भेला तथा छलफल सत्रमा विवादले चर्को रुप लिएको हो ।
छलफलमा संयोजक डा.बाबुराम भट्टराईद्धारा प्रस्तुत नयाँ शक्ति नेपालको राजनीतिक प्रतिवेदन, देवेन्द्र पौडेलद्धारा प्रस्तुत संगठनात्मक सिद्धान्त र विधान तथा रामेश्वर खनालद्धारा प्रस्तुत आर्थिक समृद्धिको खाकासहितको प्रतिवेदनमा प्रतिनिधीहरुले विभिन्न सुझाव दिँदै थप गर्नुपर्ने बताएका थिए ।
ती सुझावहरु पार्टीको नेतृत्व, कार्यदिशा जस्ता गम्भीर विषयमा विवाद हुने खालका आएपछि नयाँ शक्तिले विधान तथा प्रतिवेदन परिमार्जनका लागि संयोजक भट्टराईकै नेतृत्वमा १५ सदस्यीय समिति समेत गठन गरेको छ । नयाँ शक्तिले अहिलेसम्म पर्टीको कार्यदिशा के हुने भन्ने समेत टुंगो लगाउने सकेको छैन । राजधानी दैनिकमा समाचार छ ।
|
|
Post a Comment