Headlines News :
Home » » कसले पाए राजनीतिक नियुक्ति ? प्रधानमन्त्रीका सल्लाहकार ११ जना..

कसले पाए राजनीतिक नियुक्ति ? प्रधानमन्त्रीका सल्लाहकार ११ जना..

Written By news on Wednesday, 15 June 2016 | 21:38


काठमाडौं, २ असार । एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार गठन भएको आठ महिनामा ४२ जनाले राजनीतिक नियुक्ति पाएका छन् ।

त्यसबाहेक ४७ सहसचिव र सोभन्दा माथिल्लो तहका कर्मचारी सरुवा र बढुवामा परेका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

त्यसैगरी, परराष्ट्रका आठ कर्मचारी राजदूतमा सिफारिसमा गरिएका छन् । यी सबै गरेर यस अवधिमा सरकारले अहिलेसम्म एक सय आठ व्यक्तिलाई विभिन्न तहमा नियुक्त, सरुवा र बढुवा गरेको छ ।

माओवादी केन्द्रका तर्फबाट राजनीतिक नियुक्तिको अवसर पाउने ६ जना मात्रै छन् । चारजना राजदूतको सिफारिसमा परेका छन् । महेन्द्र सिंह, यदुनाथ लम्साल, लक्की शेर्पा र पदम सुन्दास माओवादी कोटाबाट राजदूत नियुक्तिमा अवसर पाउनेमा पर्छन् । सुनीलबाबु श्रेष्ठ र चन्द्रकान्त पौडेल योजना आयोगको सदस्यमा नियुक्त भएका छन् ।

सत्तासाझेदार तेस्रो ठूलो दल राप्रपा नेपालका पाँचजनाले राजनीतिक नियुक्तिको अवसर पाएका छन् । योजना आयोग सदस्य गीताभक्त जोशी, राजदूत सिफारिसमा भरतबहादुर रायमाझी, निरञ्जन थापा र खगन्द्र बस्नेत गरी तीनजनाले अवसर पाएका छन् । त्यसबाहेक राप्रपा नेपालबाट परराष्ट्रमन्त्रीको प्रेस सल्लाहकारमा मोहन श्रेष्ठले नियुक्ति पाएका छन् ।

अर्को सत्तासाझेदार दल फोरम लोकतान्त्रिकबाट महत्त्वपूर्ण पदमा राजनीतिक नियुुक्ति पाउनेमा दुईजना मात्रै छन् । राष्ट्रिय योजना आयोग सदस्यमा कृपासिन्धु र ओमानका लागि राजदूतमा शर्मिला पराजुली सिफारिस भएकी छिन् ।

राजनीतिक नियुक्तिमा पनि एमालेभित्र संस्थापन पक्ष हाबी देखिएको छ । केही समयअघि नियुक्त भएका प्रेस काउन्सिलका सदस्यमध्ये शुभेच्छा बिन्दु तुलाधार महासचिव ईश्वर पोखरेलको सिफारिसमा र गोविन्द चौलागाईं माधव नेपालको पक्षबाट सिफारिस भएर नियुक्त भएका हुन् ।

काउन्सिलकै अर्का सदस्य दीपक पाठक प्रधानमन्त्री ओलीकै दबाबमा नियुक्त भएका थिए । तर, उनको नियुक्ति विवादमा परेको छ । प्रधानमन्त्री ओलीनिकटहरू मात्रै सल्लाहकार समितिमा परेका छन् । राष्ट्रपतिको स्वकीय सचिवमा नियुक्त भेषराज अधिकारी ओलीनिकट मानिन्छन् । राजदूतका लागि सिफारिस गरिएकामध्ये अली अख्तर मिकरानी मात्रै माधव नेपाल समूहका हुन् ।

पहिला माधव नेपाल समूहमा भए पनि पछिल्ला दिनमा संस्थापन पक्षमा लागेका युवराज कार्की राजदूतमा सिफारिस भएका हुन् । महासचिव ईश्वर पोखरेलको नजिक रहेका खड्ग केसी जापानका लागि राजदूत सिफारिस भएका छन् । राजदूतमा सिफारिस भएकी शिवमाया तुम्बाहाम्फे राष्ट्रपति विद्या भण्डारीनिकट मानिन्छ ।

मन्त्रिपरिषद्ले गरेका नियुक्ति, सरुवा, बढुवाका निर्णयमध्ये अधिकांश सरकारी कर्मचारीको भएको छ । प्रहरी महानिरीक्षकमा दुर्जकुमार राईको नियुक्तदेखि पुनर्निर्माण प्राधिकरणको उपक्षेत्रीय कार्यालय प्रमुखसम्म कर्मचारीहरू नियुक्ति भएका छन् । सहसचिवको अन्तरमन्त्रालय सरुवा मन्त्रिपरिषदले निर्णय गर्ने गर्दछ । अहिलेसम्म ४७ जनालाई सरकारले यसरी सरुवा गरेको छ ।

प्रधानमन्त्रीका सल्लाहकार ११ जना

ओलीले सल्लाहकार र विज्ञका रूपमा ११ जनालाई नियुक्त गरेका छन् । विष्णु रिमाललाई राजनीतिक, प्रमोद दाहाल प्रेस, डा. गोविन्द नेपाल आर्थिक, प्रकाशबहादुर बस्नेत सुरक्षा, वसन्तकुमार नेम्वाङ प्रशासनिक, अजयक्रान्ति शाक्य विज्ञान प्राविधिक तथा निरु पाल र देवेन्द्र दाहाललाई जनसम्पर्क सल्लाहकारका रूपमा नियुक्त गरिएको छ । त्यस्तै, गोपाल खनाललाई परराष्ट्र, ज्ञानेन्द्र शाक्यलाई राजनीतिक र चेतन अधिकारीलाई सञ्चार विज्ञको नियुक्ति दिइएको छ ।

राजदूतका लागि सिफारिस भएका २२ मध्ये आठजना परराष्ट्र मन्त्रालयका कर्मचारी छन् । परराष्ट्रका सहसचिवलाई राजनीतिक आस्थाका आधारमा राजदूतमा सिफारिस गरिएको होइन । सामान्यत: करिअरबाट केही व्यक्तिलाई यसरी सिफारिस गर्ने प्रचलन हुन्छ ।



Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger