Headlines News :
Home » » मन्त्रालयका सचिव भट्टराईले नै यस्तो ठगी धन्दा गरे पछि कस्को के लाग्छ र ?

मन्त्रालयका सचिव भट्टराईले नै यस्तो ठगी धन्दा गरे पछि कस्को के लाग्छ र ?

Written By news on Wednesday, 8 June 2016 | 02:50

काठमाडौं । कृषिप्रधान देशका कृषि सचिवको काम के हो भनेर कसैलाई सोध्ने हो भने सबैले भन्ने र बुझ्ने एउटै कुरा हो ।

देशको कृषि व्यवस्थालाई कस्तो नीति नियम ल्याउँदा उत्पादन बढ्छ, कृषकको श्रीवृद्धि कसरी गर्न सकिन्छ भनेर लाग्नुपर्ने हो ।

तर हाम्रो देशका सचिव भने नेपाली युवा युवतीलाई विदेशमा कृषि क्षेत्रमा रोजगारी लगाइदिन्छु भन्दै ठगीधन्दामा लागेका छन् ।

प्रसंग हो कृषि विकास मन्त्रालयका सचिव उत्तमकुमार भट्टराईको  विमर्शले खबर छापेको छ ।

उहाँ अहिले नेपालको कृषि क्षेत्रको भन्दा इजरायलको कृषि क्षेत्रको चिन्ता गर्दै हिँडनुभएको छ । वैदेशिक रोजगारीको लागि इजरायल पठाइदिन्छु भन्दै भट्टराई अहिले प्रत्येक युवा युवतीसँग १ लाखका दरले रकम उठाउँदै हिँड्न थाल्नुभएको बताइन्छ ।

उहाँले अहिलेसम्म ५ हजार युवायुुवतीसँग ५० करोड उठाएर अलपत्र पार्नुभएको स्रोतले बतायो । उहाँले साना विकास बैंकमार्फत इजरायलको कृषि क्षेत्रमा रोजगारी खुलेको बताएर रकम उठाउनुभएको भन्दै १ दर्जन पीडितले वैदेशिक रोजगार विभागमा मुद्दा दर्ता गराएपछि यो रहस्य खुलेको हो । रकम उठाउनका लागि भट्टराईले रिया लामालाई प्रयोग गर्नुभएको स्रोतले जाकारी दिएकोछ ।

लामा अहिले विभागको हिरासतमा हुनुहुन्छ । साना विकास बैंकमा आएको कोटामा कृषि विकास मन्त्रालयको सिफायिरसमा करिब ५ हजार युवायुवतीलाई इजरायलमा रोजगारी खुलेको भन्दै गोप्य रुपमा रकम उठाइएको थियो ।

साना विकास बैंकले भट्टराईले ठगी गरेको थाहा पाएपछि सचिवको सिफारिसमा आएका व्यक्तिलाई लिन नमानेपछि पीडितहरुले आफू ठगिएको थाहा पाएका हुन् ।

सचिव भट्टराईले अधिकारको दुरुपयोग गरी बैंकबाट छिराउने भन्दै मन्त्रालयको लेटरहेडमा आवश्यक कागजात तयार पार्नुभएको थियो । मन्त्रालयको कागजको आधारमा ५ हजार बढी युवायुवतीले सजिलै रकम बुझाएका थिए ।

तर बैंकले सो कुरा थाहा पाएपछि मन्त्रालयको नाममा आएका युवा युवतीलाई लिन मानेन ।

पीडितमध्ये एक सन्तबहदाुर राईका अनुसार इजरायलमा कृषि क्षेत्रमा रोजगारीमा पठाइदिने कागज पाएपछि १ लाख बढी रकम बुझाएर करिब ३ हजार बढीले स्वास्थ्य परिक्षणसमेत गरिसकेका छन् ।


Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger