Headlines News :
Home » » इस्टोनियामाथि पोर्चुगलको ७–० फराकिलो जित रोनाल्डो नायक..

इस्टोनियामाथि पोर्चुगलको ७–० फराकिलो जित रोनाल्डो नायक..

Written By news on Thursday, 9 June 2016 | 01:59

एजेन्सी :अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा पोर्चुगल ७–० शानदार जित भएको छ । युरोकप फुटबल अघिको आफ्नो अन्तिम मैत्रीपूर्ण खेलमा पोर्चुगलले इस्टोनियालाई ७–० ले हराएको हो |
राजधानी लिस्बोनमा बुधबार राति भएको खेलमा घरेलु टोली पोर्चुगललाई जिताउन स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो र रिकार्डो क्वारेज्माले समान दुई दुई तथा डनिलो परेरा र एडेरले एक एक गोल गरे । इस्टोनियाका मेट्सले आत्मघाती गोल गरे ।
पोर्चुगलले पहिलो हाफमा ३–० को अग्रता लियो । ३६ औं मिनेटमा रोनाल्डोले पहिलो गोल गर्दै सुरुवाति अग्रता दिलाएकोमा त्यसको तीन मिनेटपछि क्वारेज्माले अग्रता दोब्बर पारे । ४५ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गरे । दोस्रो हाफमा रोनाल्डो खेलेनन् । ५५ औं मिनेटमा परेराले गोल गर्दै अग्रता ४–० मा पुर्‍याए । पोर्चुगलको दबाब रहेको खेलमा ६१ औं मिनेटमा इस्टोनियाका मेट्सले आत्मघाती गोल गरे । ७७ औं मिनेटमा क्वारेज्माले व्यक्तिगत दोस्रो तथा ८० औं मिनेटमा एडेरले गोल गरेपछि पोर्चुगलले ७–० को शानदार जित दर्ता गर्‍यो ।
युरो कपमा समूह ‘एफ’मा रहेको पोर्चुगलले आइसल्याण्डविरुद्ध खेलेर युरोकप फुटबलको सुरुवात गर्नेछ। समूह एफमा पोर्चुगलसँगै आइसल्याण्ड, अष्ट्रिया र हंगेरी छन |

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger