Headlines News :
Home » » विपक्षीहरुले हावादारी भनेर आलोचना गरेकोमा अचम्मित छु : प्रधानमन्त्री ओली..

विपक्षीहरुले हावादारी भनेर आलोचना गरेकोमा अचम्मित छु : प्रधानमन्त्री ओली..

Written By news on Thursday, 9 June 2016 | 23:19

जेठ २८ दमक : प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकासका योजना सार्वजनिक गर्दा विपक्षीहरुले हावादारी भनेर आलोचना गरेकोमा आफू अचम्मित भएको बताएका छन्।

आफ्नो निर्वाचन क्षेत्रका आधा दर्जन बढी कार्यक्रममा सहभागी हुन झापा आएका ओलीले मुलुकको विकासमा वर्तमान सरकारले उल्लेखनीय कामको सुरुवात गरेको दाबी गरे। ‘अब साँच्चै मुलुकको मुहार फेर्न सबैले हिम्मत राख्नुपर्छ,’ उनले भने।

आज बिहान दमक–६ स्थित दापगा गाछीमा निर्माण हुन लागेको दमक भ्युटावरको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले विकास र समृद्धितर्फ देशलाई रुपान्तरण गर्न सबै जुट्न सके परिवर्तन सम्भव हुने भनाइ राखे।

‘विकासमा कसैले राजनीति गर्न हुँदैन,’ उनले भने. ‘विकास सबैको साझा मुद्दा भएकाले यसमा राजनीतिक स्वार्थभन्दा माथि उठेर काम गर्न जरुरी छ।’

दमकलाई विकासको नमुना सहर बनाउन आफूले अठोट लिएको उनको भनाइ छ।

नेपाल सरकारको करिब एक अर्बको लगानीमा बन्न लागेको उक्त भ्युटावर ७२ फिट अग्लो र चारतले हुने दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले जानकारी दिए। करिब पाँच बिघा क्षेत्रफलमा बन्ने भ्युटावरका लागि स्थानीयवासीले लाखौँ रुपैयाँ मूल्य बराबरका जग्गा नगरपालिकालाई निःशुल्क दिएका छन्।



Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger