Headlines News :
Home » » ‘कृ’मा अनमोल केसी पक्का,६ महिना भुमीगत हुने..

‘कृ’मा अनमोल केसी पक्का,६ महिना भुमीगत हुने..

Written By news on Monday, 13 June 2016 | 03:23

फिल्मीबजार,३१ जेठ २०७३,काठमाण्डौ । अहिलेका चल्तिका नायक अनमोल केसी अभिनित ‘होस्टेल’,’जेरी’,ड्रिम्स र गाजलु यि चारै वटा सिनेमा ब्यापारिक रुपले सफल भए । तर,अब उनले करिब ६ महिना फिल्म नखेल्ने भएका छन् ।

अनमोलले नयाँ फिल्म ‘कृ’ को तयारीको कारण देखाउदै सो अबधिमा कुनै पनि फिल्म नखेल्ने उद्घोष गरेका हुन् । अब उनी ६ महिना पछि ‘कृ’ नामक चलचित्रमा काम गर्ने भएका छन् । उक्त चलचित्रका लागि आईतबार राजधानीमा निर्माता र केसी बिच सम्झौता समेत भएको छ । द सुपर काजोल फिल्मस्को प्रस्तुती र सुवास इन्टरटेन्मेन्टको निर्माणमा उक्त चलचित्र बन्नेछ । सुवास इन्टरटेन्मेन्टको तर्फबाट निर्माता सुवास गिरी र नायक अनमोल केसीले संझौता पत्रमा हस्ताक्षर गरेका छन् । यो चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गर्दैछन् । जसले यसअगाडि चलचित्र ‘आभाष’ निर्देशन गरेका थिए । चलचित्रमा श्री पराजुली सह–निर्माता र कमल गिरी कार्यकारी निर्माताको रुपमा रहनेछन् । यो चलचित्रका लागि आफूले ६ महिनाको समय मागेको अनमोलले बताए । उनले भने‘६ महिना पूर्ण रुपमा अन्डर ग्राउन्डेड (भुमिगत) बनेर तयारी गर्नेछु ।’ अनमोलले आफूलाई निर्माताले अफर गरेर यति पारिश्रमिक लिएको भन्दै आफू लक्की भएको बताए । उनले मिडिया संग भने–‘म आफ्नो भविष्यलाई कसरी डिमाण्डेड बनाउ’ भनेर पनि सोच्छु । साथमा निर्माता पनि सन्तुष्ट हुनुपर्छ भन्ने मान्यता राख्छु ।’ ‘कृ’को अर्थ बदला लिनु हो । निर्देशक पौडेलले भने–‘कृ’ एउटा संकृत शब्द हो । संकृत भाषाको पनि जगेर्ना गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो । यो चलचित्रमा अनमोलले अहिलेसम्म नगरेको भूमिका हुनेछ ।’ चलचित्रको फागूनबाट छायांकन हुने जानकारी गराएका छन् ।


Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger