Headlines News :
Home » » अरौटे र भरौटे पत्रकार होइन, क्षमता देखाउने पत्रकारको खाँचो..

अरौटे र भरौटे पत्रकार होइन, क्षमता देखाउने पत्रकारको खाँचो..

Written By news on Friday, 17 June 2016 | 04:43


काठमाडौँ –

 देश र जनताको जनजीविकाका क्षेत्रमा लामो समयसम्म समाचार सम्प्रेषण गरेबापत नौ जना महिला पत्रकारलाई आज राजधानीमा सम्मान गरिएको छ ।
सम्मानित हुनुहुने पत्रकारमा क्रमशः भारती सिल्वाल गिरी, बबिता बस्नेत, भारती उपाध्याय, राधा चालिसे, रीता गुरुङ, शारदाकुमारी पौडेल धन लामा, अमृता लम्साल र शान्ता पौडेल छन् । उनीहरुले विभिन्न सञ्चार गृहमा पत्रिकारिता क्षेत्रका रही लगभग दुई दशकसम्म सेवा गरेका थिए ।
नेपाल प्रेस युनियनको रजत महोत्सवको सन्दर्भमा आयोजित कार्यक्रममा नेपाली काँग्रेसका वरिष्ठ नेताले उनीहरुलाई सम्मान गरेका थिए ।
युनियनको महिला शाखाले आयोजना गरेको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले निःस्वार्थ र निष्ठाको पत्रकारिताले लोकतन्त्रको सुदृढीकरण हुने बताए ।
उनले लोकतन्त्रमाथि खतराको बादल मडारिएको बताउँदै लोकतन्त्रको रक्षाकवचका रुपमा कलम चलाउन पत्रकारलाई आग्रह गरे ।
‘नेपाल प्रेस युनियनको अभियान ः भौतिक र पेसागत सुरक्षासहित पत्रकारको सम्मानजनक पहिचान’ भन्ने नाराका साथ सुरु भएको दुईदिने राष्ट्रिय महिला भेलाले भोलि काठमाडौँ घोषणापत्र जारी गर्ने कार्यक्रम रहेको कार्यक्रमका सभापति बाला अधिकारीले जानकारी दिए ।
नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राजनीति परिवर्तन सत्तास्वार्थमा केन्द्रीकृत भएकाले सकारात्मक परिवर्तन आउन नसकेको बताउँदै बलियो नेपाल बनाउन पत्रकारले अनवरत सत्य र निष्ठाको पत्रकारिता गर्नुपर्ने धारणा राखे ।
कार्यक्रममा नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले नेतृत्व विकास स्वयम्बाट गर्नुपर्ने बताउँदै दयाबाट ग्रहण गरिएको नेतृत्वले संस्था हाँक्न नसक्ने बताए ।
अर्का नेता पूर्णबहादुर खड्काले पत्रकारले सधैँ अध्ययनशील र सहनशील हुँदै अनुसन्धानका क्षेत्रमा दत्तचित्त भई खोजी पत्रकारिता गर्नुपर्ने जानकारी दिए ।
पूर्वमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले अरौटे र भरौटे पत्रकार बन्नुभन्दा पत्रकारिता पेसाबाट बिदा लिनु नै बेस भने।
शुद्धीकरणका लागि अनवरत कलम चलाउने पत्रकारको कुनै बखतमा सम्मान हुने बताउँदै नेपाल प्रेस युनियनको अभियान ः बागबजारमा आयोजना गरेको सम्मान कार्यक्रममा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उहाँलाई कदरपत्र प्रदान गरी सम्मान गरे।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य सरिता प्रसाईंले महिला पत्रकारले अधिकार माग्नुको सट्टा क्षमता बढाउन आफूलाई केन्द्रीकृत गर्नुपर्ने बताइन् ।
नेपाल प्रेस युनियन प्रजातन्त्रवादी पत्रकारको छाता सङ्गठन हो । झन्डै १० हजार सदस्य रहेको उक्त संस्था अन्तर्राष्ट्रिय पत्रकार सङ्गठन ९आइएफजेको०को सदस्यता लिने पहिलो संस्था हो । यो संस्थाको ७३ जिल्लामा जिल्ला शाखा रहेका छन् भने महिला पत्रकारको सङ्ख्या भने पाँच प्रतिशत मात्र छ ।
कार्यक्रममा पत्रकारिता, पत्रकारको क्षमता अभिवृद्धि, प्रेस स्वतन्त्रता, मौलिक अधिकारलगायतका विषयमा विभिन्न क्षेत्रमा कार्यरत पत्रकारले आ–आफ्नो धारणा राखे ।

प्रकाशित मिति: शुक्रबार, असार ३, २०७३ समय: १६:५४:३७


Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger