Headlines News :
Home » » यस्तो होटल, जहाँ रातमा चुरोट पिउनेलाई भुतले थप्पड हान्दछ...

यस्तो होटल, जहाँ रातमा चुरोट पिउनेलाई भुतले थप्पड हान्दछ...

Written By news on Saturday, 11 June 2016 | 23:08

धुम्रपान स्वास्थ्यका लागि हानिकारक हुन्छ भन्ने जान्दाजान्दै र धुम्रपान गर्न निषेध गरिएको ठाउँमा समेत जबरजस्ती गर्दै चुरोट पिउने मानिसहरु धेरै हुन्छन् । तर भारतमा एउटा यस्तो ठाउँ छ जहाँ धुम्रपान गर्दा अदृश्य शक्तिले जोडसँग थप्पड हान्दछ ।

हो, राजस्थानमा रहेको उक्त ठाउँमा जब कसैले चुरोट सल्काउन थाल्छ तब ऊमाथि जोडदार थप्पड प्रहार हुन्छ । त्यो जोडदार थप्पड आखिर कसले मार्छ ? अहिलेसम्म पत्ता लागेको छैन । कोही प्रेतात्माले चुरोट पिउनेहरुलाई थप्पड मारेको अनुमान गरिन्छ ।

राजस्थानको कोटामा रहेको सिभिल लाइन्स नयाँपुरास्थित बृजराज दरबार आफ्नो सुन्दरताको लागि जति चर्चित छ अदृश्य शक्तिले थप्पड हान्ने कारणले झनै चर्चित छ । यो भवनमा होटल रहेको छ । यस हेरिटेड होटलमा जो कोही बस्न चाहन्छ । होटलमा बस्नुअघि उसलाई जानकारी दिइउको हुन्छ की त्यहाँ रातमा चुरोट पिउन मनाही छ ।

किम्बदन्ती अनुसार त्यहाँ एउटा मेजरको भूत घुमिरहन्छ जसलाई अनुसासन मन पर्दछ । उसलाई रातमा चुरोट पिएर टाइम पास गर्ने मानिसहरु तथा ड्युटीमा निदाउने सुरक्षागार्डहरु मन पर्दैन । यदि कुनै गार्ड रातमा ड्युटीको समयमा निदायो भने पनि कोही कराएर गाली गरेको आवाज सुनिन्छ ।

बिहान हेर्दा ड्युटीमा सुत्ने उक्त गार्डको गाला रातो तथा सुन्निएको पाइन्छ । सोही मेजरको भूतले ड्युटीमा निदाउने गार्डको गालामा थप्पड हान्ने विश्वास गरिन्छ । रातमा यो होटलको वगैँचामा पनि कोही जाँदैनन् । वगैँचामा उक्त मेजर तथा उसका बच्चाबच्चीहरुका आत्माहरु घुमिरहने बताइन्छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger