Headlines News :
Home » » सुस्मिताले संझिइन्-‘अनमोल पेटमै लामो थियो, ज्योषितलाई हेराएर जन्माएकी थिएँ’

सुस्मिताले संझिइन्-‘अनमोल पेटमै लामो थियो, ज्योषितलाई हेराएर जन्माएकी थिएँ’

Written By news on Tuesday, 28 June 2016 | 02:51


अहिलेका सुपरस्टार नायक अनमोल केसी जन्मिदाको क्षण रोचक रहेछ । अनलाइनखबरसँगको एक भेटमा नायिका सुस्मिता केसीले यो कुरा संझिइन् ।

नायक भूवन केसीसँग अलग भएपछि सुस्मिता एक्लै बस्दै आएकी छिन् । तर, उनको सामिप्यतामा अनमोल सधै छन् । उनले भनिन्-‘मिडियामा नआएको मात्र हो । अनमोल एक हप्ता उता र एक हप्ता मसँग बस्छ । कहिलेकाही खाना बनाए राख्नुहोस् म आउँछु भन्दै आउँछ ।’ आफू अनमोलबाट टाढा नभएको भन्दै उनले छोराको अभाव महशुश नभएको पनि बताइन् ।

आमा सुस्मिताले छोरा जन्मदाको क्षण संझिइन् । उनले भनिन्-‘अनमोल मेरो पेटमा हुँदा नै लामो थियो । यसैले अहिले त्यती अग्लो देखिएको छ । मैले नियमित रुपमा डाक्टर भोला रिजालसँग चेकअप गरिरहेको थिएँ ।’

डाक्टरले बच्चा प्राकृतिक रुपमा नजन्मने र सिजरियन नै गर्नुपर्ने बताएपछि सुस्मिताले ज्योतिषलाई संझिइछन् । भनिन्-‘यदि जन्माउने कुरा हाम्रै हातमा हुने भएपछि ज्योतिषलाई किन नदेखाउनु भनेर देखाएँ । नागपोखरिमा एक जना चर्चित ज्योतिष हुनुहुन्थ्यो । मैले कुन दिन, कति बजे जन्माउँदा छोरा ह्यान्डसम हुन्छ, राजयोग पर्छ भनेर ज्योतिषलाई सोधेँ ।’

छोरा विश्व मै चर्चित भएको हेर्न मन थियो, ह्यान्डसम होस् भन्ने चाहना थियो । यसैले ज्योतिषलाई सबै सोधेकी थिएँ ।’-सुस्मिताले भनिन् ।

ज्योतिषले चैत्र १७ गते वुधबार बिहान साढे ११ बजेको समय दिएका थिएँ । सुस्मिताले रमाइलो गर्दै भनिन्-‘ठ्याक्कै ११ः३० मा अनमोलको टाउको मेरो शरिरबाट बाहिर निकालिएको थियो र उ रोएको थियो ।’

ज्योतिषले नै अनमोलमा ‘राजयोग’ छ भनेको अहिले पनि सुस्मिता संझिन्छिन् । अनमोल अहिले चर्चामा आउनुको पछाडि कारण यो पनि होला त भन्ने प्रश्नमा उनले भनिन्-खै त्यो त कसरि भनुँ । तर, म भने ज्योतिषमा खुबै विश्वास गर्छु ।’

अनमोलको सानोमा खुबै बोल्ने बानी रहेको बताउँदै आमा सुस्मिताले उसलाई ‘खरानी’को कथा मनपर्ने खुलाइन् ।

सुस्मिताले ज्योतिषलाई विश्वास गर्ने भएरै आफूले सोमबार चलचित्रको गीत, ट्रेलर रिलिज गर्ने गरेको बताइन्

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger