Headlines News :
Home » » ओबामाको इच्छा छ इरानको बैंकमा नोकरी गर्ने..

ओबामाको इच्छा छ इरानको बैंकमा नोकरी गर्ने..

Written By news on Tuesday, 28 June 2016 | 03:22


१४ असार २०७३, नेपाली हेडलाइन-२४।
इरानमा सरकारी नोकरी गरेर तपाईं कति कमाउन सक्नुहुन्छ? यो प्रश्नले इरानका अनलाइनमा ट्रेण्ड गरिरहेको छ।
यस्तो त्यतिबेलाबाट भइरहेको जब एक सरकारी अधिकारीको स्यालरी स्लिप अनलाइनमार्फत चुहियो, जसलाई धेरै सञ्चार माध्यमहरुले प्रकाशन प्रसारण गरिरहेका छन् । त्यही स्यालरी स्लिपबाट थाहा भयो, इराकमा उच्च सरकारी अधिकारीको तलब अत्यन्तै धेरै हुने रहेछ । उनीहरुलाई बोनस पनि पाउँछन् र बिना ब्याजमा ऋण पनि पाउँछन् ।
उदारहणको लागि एक सरकारी बैंकका म्यानेजरलाई प्रत्येक महिला ५० हजार पाउण्ड तलब हुन्छ । यसको विपरित केही यस्ता तलब बारे जानकारीहरु फेला परे, जसबाट त्यहाा शिक्षक, नर्स र पत्रकारहरुलाई हरेक महिना ३०० पाउण्ड यो भन्दा कम पनि तलब रहेछ ।
विपक्षी राजनीतिक समूह यही बहानामा राष्ट्रपति रोहानी नेतृत्वको सरकारको आलोचना गरिरहेका छन् । तर त्यहाँको सरकारले तलब र बोनसको यो परम्परा पूर्व राष्ट्रपति महमूद अहमदीनेजादको प्रशासनदेखि नै जारी रहेको जवाफ दिँदै आएको छ ।
ट्वीटर प्रयोगकर्ता इरानीहरुले यो मुद्दालाई विभिन्न कोणबाट टिप्पणी गरिहेका छन् । जस्तो कि एउटा ट्वीटमा भनिएको छ, ‘ओबामाले आफ्नो बायोडाटा पठाएका छन् र उनी राष्ट्रपतिको कार्यकाल सकिनासाथ इरानको बैंकमा नोकरी गर्न चाहनछन् ।

’-बीबीसी हिन्दीबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger