|
|
एजेन्सी । अमेरिकन रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले अमेरिकामा मुसलमानलाई प्रवेश गर्न दिन नहुने माग गरेका छन् । उनले मुसलमानमाथि अस्थायी रोक लगाउनु धारणा राखेका छन् ।
अमेरिकाको फ्लोरिडाको ओल्र्यान्डो राज्यस्थित एक रात्रिक्लबमा भएको आक्रमणसँगै यस्तो निर्णय गरेका हुन् । ट्रम्पले अमेरिकाको आप्रवासी नीतिका कारण ज्यानमाराको परिवारलाई अफगानिस्तानबाट अमेरिका आउने अनुमति मिलेको अभिव्यत्ति दिएका हुन ।
आयोजीत एक समारोहलाई सम्बोधन गर्दै आफू राष्ट्रपति भए आप्रवासी समस्या सुल्झाउने प्रतिबद्धता जनाएका छन् । ओल्र्यान्डोमा हमला गर्ने बन्दुकधारीको बारेमा मुस्लिम समुदायलाई थाहा थियो तर उनीहरुले पुलिसलाई जानकारी नदिएको आरोप समेत लगाए । यता राष्ट्रपति उम्मेदवार हिलारी क्लिनटनले आफू राष्ट्रपनि बने हत्यारा मनोवृत्तिका मानिसको पहिले नै पहिचान गरी सम्भावित खतरा टार्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।
|
|
Post a Comment