Headlines News :
Home » » कुनै पनि प्रधानमन्त्रिले नगरेको काम केपी ओलीले गर्दा सबै चकित ...पुरा पढ्नुहोस !!

कुनै पनि प्रधानमन्त्रिले नगरेको काम केपी ओलीले गर्दा सबै चकित ...पुरा पढ्नुहोस !!

Written By news on Tuesday, 14 June 2016 | 22:52


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छड्के


काठमाडौं, ३२ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार दिउँसो आकस्मिक रुपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् ।विमानस्थलमा विदेश जाने र स्वदेश फर्किने यात्रुले सास्ती खेप्नुपरेको गुनासो बढेपछि प्रधानमन्त्री ओली छड्केमा आफै गएका हुन् । अर्थ मन्त्री विष्णु पौडेल, पर्यटन मन्त्री आनन्दप्रसाद पोखरेल र पर्यटन राज्यमन्त्री बलबहादुर महतसहित विमानस्थल पुगेका प्रधानमन्त्री ओलीले अन्तराष्ट्रिय टर्मिनल भवनमा रहेका सबै सरकारी एजेन्सीको काम तथा अध्यागमन, भन्सार कार्यालयका कर्मचारीहरुको पनि कामकारवाहीको निरीक्षण गर्दै जानकारी लिएका थिए । झण्डै एक घण्टा विमानस्थल निरीक्षण गरेका प्रधानमन्त्रीले कर्मचारीलाई यात्रुको सेवामा ढिलासुस्ती नगर्न निर्देशन दिए । विमानस्थलका निमित्त प्रमुख भोला गुरागाईंले प्रधानमन्त्री ओली आकस्मिक निरीक्षणमा आएको जानकारी दिए । उनले भने- ‘पहिलोपटक विमानस्थल निरीक्षण गर्न प्रधानमन्त्री नै आउनुभयो । अहिलेसम्म छड्केमा कुनै प्रधानमन्त्री आउनुभएको थिएन्, पर्यटनमन्त्रीहरु आउने गर्थे । उहाँ (ओली) नै बिना जानकारी पहिलोपटक आउनुभयो ।’ नयाँ नयाँ काम गर्न खोजिरहेका प्रधानमन्त्री ओली विमानस्थलको छड्केमा आफै आएको देखेर कर्मचारीहरु चकित परेका छन् ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger