Headlines News :
Home » » हेर्नुस अत्यन्तै खुसीको खबर नेपाली वैज्ञानिकलाई यस्तो ठूलो सफलता अब नेपालमै पेट्रोल उत्पादन हेर्नुस भिडियो सहित

हेर्नुस अत्यन्तै खुसीको खबर नेपाली वैज्ञानिकलाई यस्तो ठूलो सफलता अब नेपालमै पेट्रोल उत्पादन हेर्नुस भिडियो सहित

Written By news on Monday, 13 June 2016 | 22:16

काठमाडौँ, २९ जेठ । पछिल्लो समय नेपालमा विज्ञान र प्रविधिको विकासले तीव्र गति लिएसँगै वैज्ञानिक अनुसन्धानले परिणाममुखी सफलता हासिल गरेको छ । प्रविधिमा लगानी र प्रोत्साहन भएका खण्डमा नयाँ प्रविधिमा नेपालले फड्को मार्छ भन्ने दरिलो उदाहरण नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले चरितार्थ गरेको छ ।
नास्टले जैविक प्रविधिमा चमत्कारिक फड्को मार्दै खेर गइरहेको प्लास्टिकजन्य फोहरबाट पेट्रोलियम पदार्थ उत्पादन गर्ने नयाँ प्रविधि आविष्कार गरेको हो । नास्टको पछिल्लो यो सफलताले देशमा बढ्दो इन्धनको अभाव कम गर्न र प्लास्टिकजन्य फोहर व्यवस्थापन गरी वातावरणीय प्रदूषण नियन्त्रणमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
 लामो समयको वैज्ञानिक अनुसन्धान र परीक्षणबाट नास्टले प्लास्टिकबाट तेल उत्पादन गर्ने नयाँ प्रविधि सुरु गर्न लागेको हो । प्लास्टिकबाट तेल निकाल्ने अभियानमा संलग्न नास्टका वरिष्ठ वैज्ञानिक डा रवीन्द्र ढकालले जैविक प्रविधिमा फड्को मार्दै नास्टले नयाँ प्रविधि भित्र्याएको बताउनुभयो । प्लास्टिकबाट पेट्रोल, डिजल र मट्टितेलमा परिणत गर्न सक्ने यन्त्र परीक्षणका लागि जापानबाट ल्याइएको छ । एक किलो प्लास्टिक, एक लि तेल वैज्ञानिकका अनुसार एक किलोग्राम प्लास्टिकबाट एक लिटर पेट्रोलियम पदार्थ निकाल्न सकिन्छ ।
 प्लास्टिकबाट निस्केको तेल ३० प्रतिशत र अन्य पेट्रोल ७० प्रतिशत मिसाएमा अन्तर्राष्ट्रिय मापदण्डको गुणस्तरीय तेलमा परिणत हुनेछ । अहिले यो प्रविधिबाट निस्केको तेल सिधै बस, ट्रक, ट्र्याक्टर जस्ता सवारी साधनमा प्रयोग गर्न सकिन्छ । नयाँ ढाँचाका सवारी साधनका लागि भने केही मिश्रण गर्नुपर्ने हुन्छ । जापान सहित एसिया र युरोपका ४५ देशमा प्लास्टिकबाट तेल निकाल्ने प्रविधि प्रयोगमा छन् । भारत, चीन र जापानले यस्ता प्रविधिका उपकरण बिक्री गर्दैआएका छन् । नास्टले सो प्रविधिबाट इन्धन उत्पादन गर्ने उद्देश्यले चीनबाट उपकरण भित्र्याएको छ ।
 करिब रु ३६ लाख मूल्यको उक्त यन्त्र वीरगन्ज भन्सारमा आइपुगेको नास्टले जनाएको छ । यन्त्र आएपछि अनुसन्धानसँगै तेल उत्पादनको काम सुरु गरिने वैज्ञानिक ढकालले बताउनुभयो । नास्टले तीन महिनाको अनुसन्धान र परीक्षण अवधिमा १५ लि पेट्रोलियम पदार्थ उत्पादन गरेको जानकारी दिँदै ढकालले सो प्रविधिबाट वातावरण प्रदूषण नियन्त्रण र बढ्दो इन्धनको अभावलाई पूर्ति हुने बताउनुभयो । नास्टले भूकम्प प्रभावित जिल्लामा पाल लगायत सामग्रीमा बढी प्लास्टिकजन्य पदार्थ हुने भएकाले ती क्षेत्रलाई प्राथमिकता दिएर तेल उत्पादन गरिने जनाएको छ । पुनःनिर्माणका क्रममा प्लास्टिक त्यत्तिकै खेर जाने र फोहर बढ्ने भएकाले त्यसको सदुपयोगसँगै तेल उत्पादन गर्नका लागि भूकम्प प्रभावित जिल्ला नै रोजाइमा परेको वैज्ञानिक ढकालले बताउनुभयो ।
 तेत्तीस लाख बढी ग्राम प्लास्टिक खपत एसियाली विकास बैंँकको एक प्रतिवेदन अनुसार एक नेपालीाबट प्रतिव्यक्ति प्रतिदिन खेर जाने प्लास्टिकको मात्रा १२० ग्राम छ । त्यस हिसाबले दुई करोड ८० लाख नेपालीबाट ३३ लाख ६० हजार ग्राम प्लास्टिक दैनिक खपत हुने गरेको छ । सो प्रविधि प्रयोग गर्ने हो भने दैनिक दुई हजार तीन सय किलोलिटर पेट्रोलियम पदार्थ निस्कन्छ । यसरी हेर्दा वार्षिक आठ लाख ५८ हजार ४८० किलोलिटर उत्पादन हुन्छ । नेपाल आयल निगमको तथ्याङ्क अनुसार वार्षिक १३ लाख किलोलिटर पेट्रोलियम पदार्थ खपत हुन्छ । भविष्यमा सो प्रविधिलाई नागरपालिकासँग साझेदारी गरेर अघि बढ्ने नास्टको योजना छ । यसमा प्रयोग भइसकेका र खेरगइरहेका प्लास्टिकलाई प्रयोग गर्न सकिन्छ, नयाँ प्लास्टिक चाहिँदैन । नास्टले अहिले भित्र्याएको यन्त्रबाट एक पटकमा एक घन्टाका अवधिमा १० केजी प्लास्टिक पेलेर १० लि तेल निकाल्न सकिन्छ ।
 सो प्रविधिको अनुसन्धान प्रवद्र्धनमा ढकाल सहित नास्टका पाँच वैज्ञानिक लागिपरेका छन् । प्रा डा जीवराज पोखरेलले खेर गएको प्लास्टिकलाई तेलमा बदल्ने प्रविधि आविष्कार गर्न नास्टले वैज्ञानिक सफलता पाउनु देश विकासको सङ्केत हो भन्दै यो प्रविधिलाई थप अनुसन्धान र प्रवद्र्धन गर्ने योजना सुनाउनुभयो । जापानको एक गैरसरकारी संस्था इको पार्टीको सहयोगमा नास्टले जैविक प्रविधिमा आधारित प्लास्टिकबाट तेल उत्पादन सुरु गर्ने प्रविधिलाई नेपालमा प्रवद्र्धन गर्न अभियानै चलाएको थियो । पहिलो चरणमा एक महिना जापानबाट ल्याइएको यन्त्र जडानयुक्त ट्रक देशका विभिन्न स्थानमा लगेर प्लास्टिकबाट तेल निकाल्ने प्रविधि प्रदर्शन गरिएको थियो ।
 एक वर्षअघि नास्टले इको पार्टीसँग उक्त प्रविधि भित्र्याउनेबारे द्विपक्षीय सम्झौता गरेको थियो । त्यसअनुरुप जापानको प्राविधिक तथा भौतिक सहयोगमा नेपालमा यसको पहिलो चरणको प्रचारात्मक अभियान सकिएको छ ।स्रोत दैनिक नेपाल .कम

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger