Headlines News :
Home » » बेल्जियममाथि इटलीको शानदार जित, भिडियोमा हेर्नुस् यसरी भयो गोल ..

बेल्जियममाथि इटलीको शानदार जित, भिडियोमा हेर्नुस् यसरी भयो गोल ..

Written By news on Monday, 13 June 2016 | 22:11

जेठ ३२ युरो सुरु हुनुअघि फुटबल पण्डितहरुले इटलीको टीमलाई अहिलेसम्मकै खराब टोली भनेर चित्रण गरेका थिए। इटलीको टीममा कुनै क्षमता नै छैन भन्ने कुरामा प्रशिक्षक एन्टोनी कोन्टे समेत सहमत थिए। ‘हाम्रो फुटबलको लागि यो राम्रो समय होइन,’ प्रतियोगिताअघि कोन्टेले भनेका थिए।

तर त्यही इटालियन टीमले युरो २०१६ मा खेल्ने सबैभन्दा माथिल्लो वरियताको टीमलार्ई पराजित गर्दै शानदार सुरुवात गर्‍यो।

ग्रुप अफ डेथ मानिएको समुह ई को खेलमा इटलीले गोल्डेन जेनेरेसनको रुपमा चर्चा कमाएको बेल्जियमलाई पहिलो खेलमा हरायो। गएराति भएको खेलमा पूर्वविजेता इटलीले बेल्जियमलाई २–० ले पराजित गर्‍यो।

स्टार खेलाडीहरु रहे पनि बेल्जियमलाई उनीहरुले फाइदा पुर्‍याउन सकेनन् तर पुराना र नयाँ खेलाडीहरुको मिश्रण रहेको इटलीले उत्कृष्ट प्रदर्शन गर्दै विश्व वरियतामा दोस्रो स्थानमा रहेको टीमलाई माथ खुवायो। खेलको दुवै हाफमा गोल गरेको इटलीका लागि ३२ औं मिनेटमा इमानुएल गिचेरिनीले गोल गर्दै अग्रता दिलाए।

एक गोलले पछि परेको बेल्जियम त्यसपछि बराबरी गोल फकाउनतर्फ नै व्यस्त देखिए पनि गोल गर्न सकेन। तर इन्जुरी टाइममा इटलीले गोल थप्यो। इन्जुरी टाइमको दोस्रो मिनेटमा ग्राजियन पेल्लेले भलीमार्फत गोल गर्दै इटलीलाई २–० को जित दिलाए।

जितसँगै महत्वपूर्ण ३ अंक जोडेको इटली समुह ई को शीर्ष स्थानमा छ। यसअघि बराबरी खेलेका स्वीडेन र आयरल्याण्ड क्रमश दोस्रो र तेस्रो स्थानमा छ भने अंकविहिन बेल्जियम चौथो स्थानमा छ।


Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger