Headlines News :
Home » » कालिकोटका विविस प्राविधिकलाई विप्लव माओवादीद्वारा कालोमोसो..

कालिकोटका विविस प्राविधिकलाई विप्लव माओवादीद्वारा कालोमोसो..

Written By news on Monday, 27 June 2016 | 21:27

विप्लव नेतृत्वको नेकपा माओवादीले कालिकोटमा जिल्ला विकास समितिका प्राविधिकलाई कालोमोसो दलेका छन् ।


जनताको हित बिपरित काम गरेको भन्दै जिविसका प्राविधिक जनक रोकायालाई सोमबार विहान सदरमुकाम मानमा बजारमा कालोमोसो दलेका हुन् ।

प्राविधिक रोकायाले विगत लामो समय देखि जिल्लाका विभिन्न विकास निर्माणका योजनाहरुमा उपभोक्ता समितिबाट ३० प्रतिशत बढि रकम कमिशन खाने गरेको र विकास निर्माणका  कामहरु गुणस्तरहीन गरेको माओवादीले जनाएको छ ।

कर्णाली रोजगार कार्यक्रममा सामान खरिदमा २५ प्रतिशत रकम कमिशन लिई योजनाहरु अधुरा गर्ने गरेको र एक करोड भन्दा ठुला योजनाहरुमा दुई देखि तिन लाख सम्म कमिशन माग्ने गरेकोले जनकारबाही स्वरुप रोकायामाथि कालोमोसो दलेको विप्लव माओवादी कालीकोटका जिल्ला सेक्रेटरी लोकजङ्ग शाहीले बताएका छन् ।

सार्वजनिक स्थलमा प्राविधिक रोकायामाथि अभद्र व्यावहार गरेको भन्दै घटनामा संलग्न भएको अभियोगमा माओवादी पूर्व जनसरकार प्रमुख तथा भेरी कर्णाली मुक्ति मोर्चाका कर्णाली संयोजक कर्ण बहादुर भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उक्त घटनामा संलग्न हुनेहरुको खोजी कार्य भइरहेको प्रहरी निरिक्षक टेक बहादुर जोराले बताएका छन् ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger