नेपाली फिल्महरूले ‘बलिउडबाट चोरिएको’ आरोप खेप्न छाडेको छैन। तर, पाँच दिनअघि (जुन २२) युट्युबमा सार्वजनिक ‘कृति’ नामक हिन्दी सर्ट फिल्म नेपालीबाट चोरिएको खुलेको छ। बलिउडका निर्माता–निर्देशक शिरीष कुन्दरले निर्देशन गरेको १८ मिनेट लामो यो फिल्म ‘बब’ नामक नेपाली सर्ट फिल्मबाट चोरिएको हो। ‘सिजोफ्रेनिया’ रोग लागेको पात्र र उनकी प्रेमिकाको कथामा आधारित १३ मिनेट लामो नेपाली फिल्म ‘बब’ का निर्देशक २४ वर्षीय अनिल न्यौपाने हुन्। यो उनको पहिलो फिल्म हो। चर्चित कोरियोग्राफर तथा निर्देशक फराह खानका पति शिरीष ‘जानेमान’ र ‘जोकर’ का निर्देशक हुन्। उनले ‘जोकर’ र ‘तीस मार खाँ’ को निर्माण पनि गरेका छन्। बलिउडमा पहिचान बनाइसकेका शिरीषले बनाएको ‘कृति’ सँग ‘बब’ को कथा र विषयवस्तु मात्र मिल्दैन, यसका अधिकांश दृश्य र कतिपय संवाद पनि उस्तै छन्। दुवै फिल्मको सुरुआत नै एकै किसिमबाट हुन्छ। जसरी ‘बब’ शीर्षक एउटा पात्रको नामबाट राखिएको छ, ‘कृति’ मा पनि त्यही गरिएको छ। पात्रहरूका क्रियाकलापदेखि कतिपय दृश्यमा क्यामराको एंगलसम्म एउटै छ। कृतिले क्लाइमेक्समा मात्र घटना अलिकति लम्ब्याएर छुट्टै अनुभूति गराउन खोजेको छ। सन् २०१५ अक्टोबरमा अनिलले बबको सुटिङ सकेका थिए। त्यही वर्ष नोभेम्बर ८ मा उनले ‘भिमियो’ नामक भिडियो वेबसाइटमा आफ्नो फिल्म अपलोड गरे। झन्डै ३० जना साथीहरूलाई प्रतिक्रियाको निम्ति फिल्मको लिंक पनि पठाए। युट्युबमा भने २०१६ मे १२ मा सार्वजनिक गरिएको थियो। यो फिल्म रिलिज भएको लगभग एक महिनापछि कृति सार्वजनिक भयो। कृति सार्वजनिक भएको भोलिपल्ट बिहानै नेहा शाक्य भन्ने एक अपरिचितले निर्देशक अनिलको फेसबुकमा कृतिको युट्युब लिंकसहित लेखिन्, ‘मैले यो फिल्म कतै हेरिसकेको छु।’ चिन्दै नचिनेको मान्छेले के भन्न खोजेको हो, सुरुमा त अनिलले बुझ्दै बुझेनन्। च्याटबक्समा आएको लिंकमा मनोज बाजपेयी, राधिका आप्टे, नेहा शर्माजस्ता बलिउडका कलाकार देखेपछि उनले लिंक खोले। यीमध्ये मनोज र नेहाको अभिनय अनिललाई राम्रो लाग्थ्यो। ‘ल्यापटप बोकेर बाथरुम गएँ,’ अनिलले सोमबार सेतोपाटीसँग भने, ‘फिल्म हेर्नेबित्तिकै मलाई त चिसो भयो, बब र कृतिको ओपनिङ नै उस्तै रै’छ।’
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Post a Comment