Headlines News :
Home » » साउनदेखि फोहोरबाट ग्यास उत्पादन थालिने..

साउनदेखि फोहोरबाट ग्यास उत्पादन थालिने..

Written By news on Saturday, 25 June 2016 | 23:52


असार १२, २०७३-

आगामी साउनभित्रै फोहोरबाट ग्यास बन्ने प्रविधि नेपाल भित्र्याइने भएको छ । जैविक फोहोरलाई प्लान्टमा हालेर पेलेपछि ग्यास निस्कन्छ ।
 यसबाट खाना पकाउनुका साथै बिजुली उत्पादन पनि गर्न सकिन्छ । काठमाडौं महानगरले भने ग्यास निकाल्ने भएको छ । युरोपियन युनियन र महानगरपालिकाले ‘पाइलट प्रोजेक्ट’का रूपमा फोहोरबाट ग्यास उत्पादन गर्न लागेको हो ।
 ‘साउन मध्यभित्रमा ग्यास अनि ग्यासबाट बिजुली उत्पादन गरिसक्छौं,’ महानगरका वातावरण विभाग प्रमुख रविमान श्रेष्ठले भने, ‘काम अघि बढिरहेको छ ।’
 राज एन्ड रिवाज सप्लायर्स प्रालि, नेप्लिज वेस्ट र सिवान जेभीले कामको जिम्मा पाएका छन् । १ करोड ८२ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको राज एन्ड रिवाजका कुन्दनकुमार सिंहले जानकारी दिए । ग्यास उत्पादन गर्ने डाइजेस्ट प्लान्ट भारतको पुनामा बनिरहेको सिंहले जानकारी दिए ।
‘यही महिनामा आइपुग्छ,’ उनले भने, ‘त्यसपछि उत्पादनको काम धमाधम हुन्छ । साउनको अन्त्यसम्ममा सञ्चालन गरिसक्छौं ।’

 भात, दाल, तरकारीजस्ता भान्साबाट आउने फोहोर, तरकारी बजार, फलफूल बजारका फोहोर छुट्याएर त्यसबाट ग्यास उत्पादन गरिन्छ । प्लास्टिक, फलाम, तारलगायत फोहोर भने काम लाग्दैन । टेकुको ‘ट्रान्सपोर्ट एक्सन स्टेसन’ मा दुई डाइजेस्ट प्लान्ट राखिनेछ । प्लान्टमा फोहोर राखेर पेलिनेछ । यी प्लान्टबाट तीनवटा छुट्टाछुट्टै पाइप जडान गरिएका हुन्छन् ।
 छुट्टाछुट्टै पाइपबाट ग्यास, पानी र फोहोर झर्छन् । ग्यास जम्मा गर्न बेलुन राखिनेछ । पानी र फोहोर टयांकीमा जम्मा हुनेछन् ।
 यहाँ राख्न लागिएका प्लान्टमा दिनहुँ ३ टन फोहोर पेलिन्छ । त्यसबाट २ सय ५० एमक्यु (करिब ९६ किलो) ग्यास, २ सय केजी मल र १५ सयदेखि ३ हजार लिटरसम्म पानी उत्पादन हुने इन्जिनियर महेश शाहले जानकारी दिए । ९६ किलो ग्यासबाट कम्तीमा १४ किलोवाट बिजुली उत्पादन गर्न सकिन्छ । ग्यास जम्मा गरिएको बेलुनबाट जेनेरेटरसँग कनेक्सन गराएपछि बिजुली निस्कन्छ । फोहोर पेलेर निस्केको ग्यास, पानी र मल सबै काम लाग्छन्

 पानी गाडी धुन, फूलमा राख्न प्रयोग गर्न सकिन्छ । तर, पिउन भने हुँदैन । मलचाहिँ कृषिकार्यमा प्रयोग गर्न सकिन्छ । ‘फोहोरबाट ग्यास निकाल्न सकिन्छ भनेर प्रमाणित भएको छ,’ सिंह भन्छन्, ‘यो प्रविधिले फोहोर नियन्त्रण हुन्छ ।
 आत्मनिर्भर हुन पनि सकियो । हाम्रो देशका अरू ठाउँमा पनि यो प्रयोग गर्न सकिन्छ ।’ वैकल्पिक ऊर्जाका रूपमा भारत, चीन, जापानलगायत विकसित देशले यसको प्रयोग गर्दै आएका छन् ।
 यहाँ पनि होटल, रेस्टुरेन्ट, स्कुलजस्ता बढी फोहोर उत्पादन हुने ठाउँमा यसको प्रयोग गर्न सकिने उनी बताउँछन् ।
श्रेष्ठका अनुसार काठमाडौं उपत्यकामा दिनमा ५ सय टन फोहोर उत्पादन हुन्छ । यो प्रोजेक्ट सफल भयो भने यसलाई विस्तार गर्न सकिने उनले बताए । ‘२/४ सयले खाना खाने ठाउँमा यसरी ग्यास उत्पादन गर्न उपयुक्त हुन्छ,’ सिंह भन्छन्, ‘भान्साको फोहोर प्लान्टमा हाल्यो । ग्यास उत्पादन गर्‍यो अनि तत्काल भान्सामा प्रयोग गर्न सकिन्छ ।’

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger