Headlines News :
Home » » करोडौं प्रशंसक मेसीको जवाफको प्रतिक्षामा, राष्ट्रपतिको आग्रह स्वीकार्लान् मेसीले !

करोडौं प्रशंसक मेसीको जवाफको प्रतिक्षामा, राष्ट्रपतिको आग्रह स्वीकार्लान् मेसीले !

Written By news on Tuesday, 28 June 2016 | 00:32


काठमाडौं, असार १४ ।
अर्जेन्टिनी फुटबल स्टार लियोनल मेसीले अचानक अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएपछि स्तब्भ भएका विश्वका करोडौं प्रशंसक मेसीको जवाफको प्रतिक्षामा छन् ।

मेसीले सन्यासको घोषणा गरेपछि अर्जेन्टिनाका सर्वकालिन महान् फुटबलर डियागो म्याराडोनाले प्रतिक्रिया जनाउँदै मेसीले आगामी विश्वकपमा खेल्नुपर्ने बताएका छन् ।


यसैगरी अर्जेन्टिनाका राष्ट्रपति माउरिसियो म्याक्रीले पनि मेसीलाई फोन गरेरै सन्यासको निर्णय फिर्ता लिन आग्रह गरेका छन् ।

राष्ट्रपति माउयरिरियो र मेसीलाई बारम्बार प्रेरणा दिदैं आएका म्याराडोनाको यस्तो आग्रहपछि मेसीले आफ्नो निर्णय पुनर्विचार गर्लान् त भन्नेमा विश्वभर कौतुहलता व्याप्त छ । कोपा अमेरिका प्रतियोगिता सकेर अमेरिकाबाट अर्जेन्टिना आइपुगेका मेसीले ताजा प्रतिक्रिया जनाएका छैनन् ।



अर्जेन्टिनी टोली स्वदेश फर्कदा हजारौं शुभचिन्तक विमानस्थलदेखि नै लामबद्ध भएर सडकभरी स्वागत गरिरहेका थिए । उनीहरुले मेसीलाई सन्यास नलिन आग्रह गर्दै ब्यानरसमेत प्रदर्शन गरेका थिए । यस क्रममा कयौंका आँखा रसाएका थिए । तर मेसीको झलक भने उनीहरुले देख्न पाएनन् ।



अर्जेन्टिनी संचारमाध्यमका अनुसार मेसीले सन्यासको घोषणा गरेपछि देशका फुटबल प्रशंसकहरु निराश भएका छन् । उनलाई देशब्यापी रुपमा सन्यास फिर्ता लिन दबाब दिन थालिएको छ ।



Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger