Headlines News :
Home » » बलत्कृत सोचहरु

बलत्कृत सोचहरु

Written By news on Tuesday, 7 June 2016 | 03:05

- देबकी बिष्ट
राती ९ बजे फोनको घण्टी बज्यो एउटा बहिनी अस्पतालमा छ । जसरी नि त्यो नानीलाई रेस्क्यू गर्नु पर्यो । सजिलो छैन । एकदमै बिचार पुर्याउनु पर्छ भन्यो । उनी त्यही बहिनी थिइन् । जसको बारेमा मैले बैशाखको महिनामा उनको बारेमा थाहा पाएकी थिए । मेरो दिमागमा केही आएन मेरो धर्म र कर्मले हुन्छ भन्यो । मैले राती ९ः३० मा हाम्रो हिमाल खबरका सम्पादकलाई  फोन गरे ।
उठेन र म्यासेज गरे सर म भोली बिहान  बुवाबाट नै ८ वर्ष देखी बलत्कृत हुदै आएकी युवती अस्पतालमा जीवन मरणको दोसादमा छ । म रिर्पोटिङ प्लस रेस्क्यूमा जादै छु भनेर जानकारी गराए । केही बेर पछि हुन्छ भनेर जवाफ आयो । रातभरी कसरी जाने ? के गर्ने भनेर सोचीरहे ।
भदौ ९ गते बिहान ६ बजे म मेरो स्कुटर र क्यामेरा लिएर हिडे । धुलीखेल अस्पतालको अवस्था अनुसार  ७ बजे भित्र पुगेर त्यो बहिनीलाई भेटी सक्नु पर्ने थियो ।  धुलीखेल अस्पतालमा पुगे । जनरल वार्डमा थिइन् । हल्का आकाशी रङ्गको गाउन लगाएर बेहोस भएर बेडमा सिमा (नाम परिर्वतन) पल्टीरहेक थिइन् ।
मैले उनको नाम अरु बिरामीका कुरुवालाई सोध्दा उनी हतारले बिउझिएर मलाई हेरीन् । उनको कुरूवा आमा थिइन् । जो एक छिन बाहिर निस्केकी थिइन् । मैले बहिनी तिमी नडराउ म तिमीलाई के भएको हो ? वास्तवीक कुरा बुझ्न आएकी हुँ भने । उनी डराईन । तिमी नडराउ । तिम्रो बारेमा बुझ्न आएको हो । तिमीलाई यहाँबाट लिन आएको भन्दा । “उनले मलाई हात जोडेर मलाई बचाउनुस् । मलाई यदी बचाएन भने म फेरी मर्छु ।

जसरी हुन्छ यहाँबाट निकाल्नुस् भनीन् तर उनले जे अस्पतालको बेडबाट भन्दै थिइन् । त्यो प्रमाण मैले जुटाउनु थियो । उनी श्वास रोकी रोकी बोल्दै थिइन् । त्यत्तीकैमा उनकी आमा आइन् । मनमा चसक्क पनि भयो तर मैले अली ठुलो स्वरमा सिमा कि आमा रिता (नाम परिर्वतन) तपाई नै हो भनेर सोधे । उनले हो भनीन् । म इन्सपेक्टर दिप्ती बिष्ट।
प्रहरी कार्यालय काठमाण्डौबाट आएको भनेर परिचय दिए । बाध्यता थियो । त्यहाको परिस्थती हेरेर त्यो परिचय दिन उपयुक्त ठाने । तपाईको छोरीले विष सेवन गरेको रहेछ । त्यही कारण पत्ता लगाउन आएको । तपाई एक छिन बाहिर जानूस् । मलाई बयान लिनु छ भने । ऊ डराएर बाहिर गइन् ।
फेरी सविना डराएको स्वरमा काप्दै भनिन् , ‘मलाई त्यो पात्की (बुवा) ले पटक पटक बलत्कार गर्यो । मलाई बुवा भन्ने मन लाग्दैन । पात्तकी भन्छु । घरमा दुई वहिनी र एक भाई मध्ये म जेठी हुँ । म कक्षा ६ मा पढ्दा मलाई हजुरबुवा इन्द्र बहादुर कार्र्कीले बलत्कार गुर्न भयो तिन पटक (यो घटना बाहिर आएपछि विष सेवन गरेर आत्महत्या गरीसकेकाछन् ) त्यो बेला सानी थिए । पिडा हुन्थ्यो । रगत बग्यो तर पनि केही थाहा भएन हजूर बुवाले अस्पताल लग्यो निको भयो ।  आमाले केही भन्नु भएन । पछि ठुली भए । कक्षा ९ मा बढ्दै थिए । बुवा मकाउबाट घर आए । बुवाले पहिले देखि मलाई चुम्पी गर्ने शरिर चलाउने, अंगालो हाल्ने गर्नुहुन्थ्यो । मैले चाहि बुवाले माया गर्नु भएको होला भन्थे । मम्मी फुपुलाई हेर्न अस्पताल गएको गएको रात पनि उसले मलाई चलाउने चुम्पी गर्न काम गरिरहेको थियो । त्यही बेला आफ्नो कोठामा टिभि हेर्न बोलायो । म बहिनीहरुलाई लिएर टिभि हेर्न गएँ । त्यसको केही समयपछि उनीहरु कोठामा गएर सुते । एक्लै भएको बेला उसले मलाई पहिले हात समात्यो त्यसपछि आफुमाथी राख्यो र अनी सुतायो । त्यसपछि म झसंग भए र भने के गर्नु थाल्नु भयो ? के भयो भनेर भने । उसले केही होइन चुप लाग भन्यो । त्यो बेला मलाई कस्तो भयो कस्तो  । मैले म सुत्न जान्छु भने उसले चुप लाग एक छिन हो केही हुदैन भन्यो । मेरो हात जोडले समात्यो । मैले नाइ नाई भने उसले मेरो मुख थुन्यो, हात बाँधिदियो, मेरो खुट्टालाई उसको खुट्टाले च्याप्यो । मेरो तल लगाएको कपडा खोलिदियो । फेरी हात फुकाएर माथीको कपडा पनि खोलिदियो । मलाई पहिलो पटक जवरजस्ती बलात्कार गरयो । ‘
यसपछि संसारमा नभोगिएका दुःख शुरु भए । पटक पटक बलत्कार हुदाका पिडा न भन्न सके न भाग्न सके । उसको डर धम्की र त्रासले मैले केही आवाज उठाउन सकिन ।  अती नै हुन थाले पछि मलाई  त्यो घरको भित्ता भित्ताले पनि पोल्न थाल्यो । ३० साउनमा पिडा सहन नसकेर धुलीखेलको जंगलमा गएर मेटासिड खाएँ ।
धुलीखेल अस्पतालमा ३ दिन सम्म आईसियूमा राखे पछि होस खुलेको हो । विष सेवन गर्नु अघि डायरी लेखे ‘हजूर बुवा र बुवाको श्रीमती हुनुभन्दा मर्नु वेस’ । मलाई सबै समाजले नराम्रो भन्ला । बाजे र बुवालाई आरोप लगाई भन्लान् तर म मरे पछि मेरो डिएन ए टेस्ट गराएपछि सबै कुरा छर्लङ्ग हुन्छ भनेर लेखेकी थिएँ । पछि घटना स्थलमा रहेको २,३ जना स्थानियले त्यो डायरी पाएछन् र बुवा प्रकाशले त्यो डायरी च्यातेर फ्याके छन् ।
यत्ती कुरा मलाई सुनाउदै गर्दा मैले मोवाइमा आवाज र भिडियो रेकर्ड गरिसकेकी थिए । त्यत्तीकैमा उनकी आमाले फोन गरेर आफन्तलाई बोलाई सकेकी रहीछन् । मैले सिमाको हात सुमसुमाए र बाहिर गए । पछि डक्टरसँग कुरा गर्दा पनि उनले बयानमा त्यही भनेकी थिइन् । जुन रिपोर्ट सिमाको बुवाले पैसाको लोभ देखाएर जसरी भएपनि अस्पतालबाट गायव गर्न खोजिरहेको थाहा पाए । म बाहिर गए  । मेरो पछि सिमाकी आमाले बोलाएको केटा पछ्याउदै थियो । स्कुटर निकाले । त्यो मान्छे पछि पछि आयो । त्यसले बाइक निकाल्दा । म अगाडी गएर दुईबटा रोकिएको बस स्थानमा गएर छेकिए ।

सविनाका सबै प्रमाण जुटाएर धुलीखेल प्रहरी कार्यालय जाने क्रममा बजारमा कान्तिपुरमा पत्रकार मनोज बस्नेत भेटेपछि सबै कुरा सुनाए र धुलीखेल प्रहरी चौकीमा एसपी अरुण बिसिलाई  भेट्यौ ।  उता धुलीखेल अस्पतालमा महिला प्रहरीले बयान लियो भनेर सिमाको बुवाको सातो उडीसकेको थियो । प्रहरीलाई सबै कुरा सुनाएर प्रमाण छ भन्दा पनि एक भयका बिचमा सिमालाई अस्पतालबाट रेस्कूय गरेर पह्री कार्यालयमा उसको बुवालाई पक्रेर ल्याउन तयार भयो ।
एसपि अरुण बिसि (अहिले सरुवा भैसकेको) र डिएसपि जनक भट्राईलाई सबै प्रमाण सुनाएपछि मात्र उनीहरु सविनालाई अस्पतालबाट रेस्कूय गरेर प्रहरी कार्यालय मगाए । डर थियो बयान बदलेर प्रहरी र पत्रकारलाई बिचमा फसाउने तर त्यसो भएन । संस्थाको रुपमा जिम्मा लगाउने मैले चिनेको रक्षा नेपालकी अध्यक्ष मेनु थापाको रहोभरमा छोड्ने कुरा भयो । मेनुका थापालाई फोन गरेपछि वहाँ बडा जिम्मेवारीपूर्वक ३ घण्टा भित्र धुलीखेल पुग्नु भयो । जिम्मा लगाउनु अघी महिला प्रहरी सई सापले बयान लिनु भयो ।
बयानमा तिम्रो बुवाले कहिले बलत्कार गर्नुभयो ?
कसरी गर्नुभयो ?
कस्तो अवस्था गर्नुभयो ?
तिमीले किन भनेनौ ?
उसले खुट्टा कहाँ राखेको थियो
लगायतका विभिन्न प्रश्नहरु सोधियो । महिला प्रहरीलाई यस्ता प्रश्नहरु सोध्नु स्वभाविक थियो तर ति उत्तर दिने १९ वर्षिया सिमाका लागि अझै आगोमा घ्यू थप्नुु थियो । मसँग प्रहरीका लागि घटना स्थलमा बरामद सिमाकोे मोवाइलमा रेर्कडिङ्ग आवाज र अरु प्रमाण कारण सजिलो भए तापनि पत्रकारका सामु बयान लिन्छौ भन्दै प्रह्रीले बयान लिएको थियो । उसले भोगेका कुरा पुनः त्यसरी सुनाइ रहदा सिमाको पटक पटक गला अवरूद्ध भइरहेको थियो । कोही छोरी आफ्नो बुवाले बलत्कार गरेको कुरा बनावटी कसरी भन्न सक्छ । उसले मलाई यस्तो गर्यो भनेर सुनाइरहदा भदौ १९ गते बुवाको मुख हेर्ने दिन थियो । त्यसदिन बुवा हुने सबै छोरी मिठाई, फलफुल लगेर बुवाको मुख हेर्न गइरहेका थिए तर उनी बुवाको विरूद्ध बयान दिइरहेकी थिइन् ।
                          ति बलत्कारी बुवा प्रकाश कार्की जेलमा छन् तर पनि उनी डराई रहेकी हुन्छन् । अझै त्यो छुट्छ कि भनेर । अहिले सिमा रक्षा नेपालको आश्रयमा छिन् । उनले आमा ,बुवा सबै गुमाईन् त्यो पिडा मनमा छ तर पनि आफुले पाएको पिडा बहिनीहरुले पनि पाएकी भन्ने पिरले मन पोली रहेको हुन्छ । उनको नागरिकतामा आफुलाई बलत्कार गर्ने बुवाको नाम छ । उनी त्यो नागरिकता हेर्दा चिच्याउछीन् । बेहास् हुन्छीन् । भन्छीन् ‘मेरो नागरिकताबाट यसको नाम हटाइदिनुस् । म यो नामबाट आफ्ना पहिचान बनाउन चहादिन’ । जुन अहिलेको अवस्थामा नाम परिर्वतन गर्न सम्भव छैन । सिमाको डाक्टर बन्ने सपना छ ।

यस्तै अर्को घटना २०६८ साल चैत्तमा एसएलसी परिक्षा दिन आएका बेला बैतडीको पाटनमा सागर भट्ट र अमर अवस्थीबाट सामुहीक बलत्कारमा परेकी शर्मिला (नाम परिर्वतन) को बयान सुन्दा पनि कहाली लाग्यो । बैतडीमा पढ्दा इन्जिनियर बन्ने सपना देखेकी शर्मिलाको सपना चैत्रको महिनाको हुरीले लग्यो । उनले पनि बुवाबाट बलत्कारमा परेकी सविना झै प्रहरी चौकीमा बयान दिइन तर आफ्नो न्यायका लागि लडेर २०६९ साल फागुनमा बैतडी जिल्ला अदालतले अभियुक्तलाई १३–१३ वर्ष कैद र रु ५०–५० हजार जरिवानाको फैसला गर्यो । न्याय पाएको एक वर्ष सम्म पनि शर्मिला त्यो घटनाले राती चिच्याउने , छटपटिने र केटा मान्छे देख्ने बित्तिकै डराउने र गाली गर्थिन । विस्तारै उनी काउन्सीलिङको उपचारद्वारा ठिक भइन् ।
 अहिले तेक्वान्दो खेल्छीन् आफ्नो रक्षा आफै गर्ने भएकी छिन् । उनले कोरियाको मुजु शहरमा २०–२५ असारमा आयोजित आठौं विश्व तेक्वान्दो कल्चरल एक्स्पो–२०१४ मा स्वर्ण पदक जितिन् । शर्मिला पनि गैर–सरकारी संस्था रक्षा, नेपालमा अश्रित छिन् । शर्मिलाले फस्ट डिभिजनमा एस एल सी पास पनि गरिन तर बलत्कार गर्ने सागर भट्ट र अमर अवस्थी जेलबाट मुक्त भएर खुला आकाशमा घुमीरहेको सुने पछि उनको न्याय पाएको खुशी धेरै लामो समय टिकेन ।
२०७१ साल बैशाख १५ गते न्यायधिसले खाएको घुसका कारण दोषी द्ववयले अदालतबाट सफाई पाए । अध्यारो रातमा उज्यालो दियो बालेर हिडिरहेकी शर्मिला भन्छीन् “ तिनीहरुलाई सरकारले छोडे पनि म मार्छु । मलाई अध्यारोको दुनियामा धकेलेर तिनीहरुलाई खुला आकाशमा घुमाउने अधिकार कसले दियो ?भन्दै न्यायधिसलाई प्रश्न गर्न चहान्छु ”आक्रोश पोख्दै थिइन् । २०७० साल बैशाख महिनामा उनी मात्र नेपालको पहिलो साहसी किशोरी हुन् जो आफु बलत्कारमा परेर पनि अक्कुपाइ बालुवाटार अभियानमा ‘ ए सरकार बलत्कारीलाई फाँसीको सजाय दे ’ भन्दै नारा लगाउदै मैले भेटेकी ।
यस्ता धेरै बलत्कारका घटनाहरु छन् । कोही हाड नाताबाट, कोही आफन्तबाट, कोही सामुहीक बलत्कारमा भने कोही सडकमा बलत्कृत भएका महिलाहरु । यस्ता धेरै कारुणिक पिडाहरु छन् । जुन शव्दमा उर्तादा आँखाबाट आँसु झर्छन् । कम्प्यूटरमा लेख्दा कि बोर्डका बटनहरु थिच्न पनि औलाहरु चल्दैनन् । यस्ता समाचार लेख्दा र फोटो खिच्दा लाग्छ कहिले लेख्न नपरोस् । कहिले यि निर्दोष मुहारका फोटो खिच्न नपरोस् तर पनि लेख्नै पर्छ । खिच्नै पर्छ ।
बिहिबार कानून मन्त्री नरहरी आचार्यले बलत्कार सम्बन्धी मुलुकी ऐनमा परिर्वतन गर्ने प्रस्ताव संसदमा पेश गरेको समाचार जता त्यत्तै चर्चा भइरह्यो । बलत्कारका घटना दिन प्रति दिन बढ्दै गएको छ । बलत्कारका घटना सम्बन्धमा मुलुकी ऐनमा रहेको सजाय थोरै भयो भनेर र फास्ट ट्रयाकका  बारेमा पिडित तथा अधिकारकर्मीहरुको लडाई चलिरहेको बेला मुलुकी ऐनमा भएको २० वर्ष भन्दा माथिका महिलालाई बलत्कार गर्नेलाई ५ देखी ७ वर्ष कैद गरिनु पर्छ भन्नेमा मन्त्री आचार्य १८ वर्ष भन्दा माथिका महिला बलत्कार गर्नेलाई ४ वर्ष देखि ७ वर्षको कैद गुर्नपर्छ भन्छन् । सामुहीक बलात्कारी, अशक्त वा अपाङ्ग महिलालाई  बलत्कार गर्र्नेलाई थप ५ वर्ष कैद गुर्न पर्छ भन्नेमा थप ३ वर्ष मात्र कैद गर्नुपर्छ भन्छन् ।
सोध्न चहान्छु मन्त्री ज्यू तपाईले बलत्कृत महिलालाई कहिले भेट्नु भएको छ ? बलत्कारको पिडाले गाँउबाट लखेटिएर शहरको भिडमा लुक्न आएका ति किशोरी र महिलाको बेदना सुन्नु भएको छ ? ति आमा, बुवाले छोरी बलत्कार हुदा पनि इज्जतको डरले आँसु लुकाएर बसेको छटपटी महसुश गर्नु भएको छ ? एउटी शव्द विहिन महिला सडकमा बलत्कृत हुदाँ आँखा र हातको इशाराले बटुवाहरुलाई आफ्नो पिडा पोख्दै गरेको देख्नु भएको छ ? एउटी महिला बलत्कृत भएर न्याय माग्दा समाजमा चरित्रहिनको बिल्ला लगाइ दिएपछि आत्महत्या गरेकी महिला देख्नु भएको छ ? एउटा बलत्कृत महिलाबाट जन्मेको सन्तान जब नागरिकताको पहिचान खोज्न जादा उसले पाएको पिडा देख्नु भएको छ ?
इज्जत तपाईको छोरीको होस् वा समान्य परिवारको छोरीको इज्जत एउटै हुन्छ ।
बलत्कार भन्ने कुरा मान्छे पिच्छे फरक हुदैन । बलत्कार बलत्कार नै हुन्छ । दिल्लीमा २०७० सालमा बसमा भएको सामुहीक बलत्कारको घटनामा ज्यान गुमाएकी एक चेलीको बेदनाले पुरै भारत हल्लीएर ति बलत्कारीलाई फास्ट ट्रयाकबाट फाँसीको सजाय दिइयो । कि भोली यस्ता घटना नदोहोरियोस् भनेर तर हाम्रो देशमा भएको कानूनको सजाय पनि घटाएर के प्रमाणित गर्न खोज्नु भएको हो ? बलत्कार दैनिक भइरहोस् ? बलत्कारी मैले बलत्कार गरे भन्दै खुला आकाशमा घुमीरहोस् ? प्रहरीले कस्ले गर्यो ? कसरी गर्यो जस्ता बयान लिइराखोस् ? पत्रकारले यस्ता समाचार पहिलो पृष्ठमा छापिराखोस् ? तपाईहरुले त्यो पत्रिका पढेर च्व च्व गर्दै बलत्कारीहरुलाई बचाउन तपाईहरुले झोला भर्न पाइराखोस् ? र खै कहाँ गए ति महिलाका अधिकारका लागि आवाज उठाउनेहरु ?
मन्त्री ज्यू ! नेपाली भाषा विज्ञानमा स्नातकोत्तर गरेर विज्ञानका रसायनहरु कानूनमा जोड घटाउ नगर्नुस् । कानूनमन्त्री बनेर नेपालको मुलुकी ऐनलाई रसायनहरुमा उल्टो मिश्रण गरेर कानूनका ऐनहरु विष्फोट नगराउनुस् । सपार्न सक्नु हुन्न भने विगार्ने पनि काम नगरि दिनुस् । दैनिक जसो बलत्कारका घटना सार्वजनिक भैइरहेको बेला, पिडितले न्यायका लागि तड्पीरहेका बेला तपाईले संसदमा गरेको पेश बलत्कार सम्बन्धी मुलुकी ऐन पास भएमा  पछि तपाई जनताका सामु कसरी पेश हुने  हो ? जनताले पनि सोच्नु पर्छ । सत्ता र शक्ती सधै एकै ठाँउमा रहदैन । यो सधै टिकाइ रहन धेरै कसरत गर्नु पर्छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger