|
|
चर छोरी र पत्नी अमेरिका भएकाले उनी वनेपामा एक्लै वस्दै आएका थिए । दुई तीन महिनादेखि उनी निकै चिन्तित देखिएका उनका एक आफन्तले बताए । ‘केहि महिनादेखि उनी उदास देखिन्थे’ आफन्तले भने ‘सायद सबै परिवार विदेश भएकाले हुनसक्छ ।
चैत्र २० गते शनिवार ११ वजे उनी वनेपाबाट हिडेका थिए । तर कहाँ जाने भनेर उनले कसैलाई भनेका थिएनन् । सोहि दिन अपरान्ह ४ वजे पोखरा आएपछि उनी डेभिजफलमा पुगेका थिए । छाँगो हेर्ने भन्दै टिकट काटेका उनी केहि समयमै वाहिर निस्किए । अनी पुन: अर्को टिकट काटेर भित्र प्रवेश गरी छाागोको खोँचमा हामफालेका थिए । सुरुमा विचमा रहेको ढिकमा अड्किएका उनी आसपास रहेका अन्य मानिसहरु चिच्याउन थालेपछि त्यहाबाट पनि तल हामफाले ।
प्रत्यक्षदर्शीले टिकट काउण्टरमा खवर गरे । त्यसपछि नेपाल प्रहरीको क्षेत्रीय प्रहरी गणमा रहेका उद्धार टोली तत्काल पुगे तर उनलाई जीवित निकाल्न सकेनन् । उद्धारमा खटिएका टोलीले उनलाई मृत भेटे र शव वाहिर निकालेका थिए । उनको साथबाट १६ हजार ५ सय ६० रुपैया रकम भेटिएपनि तत्काल पहिचान गर्न कुनै वस्तु फेला परेन ।
समाचारमा आएको फाटोको भरमा आफन्तले पहिचान गरेको तर एकिन भने नभएकाले बुधवार आफन्तहरुले पहिचान गर्ने डिएसपी गजुसिद्धि बज्राचार्यले बताए । भिडियो हेर्नुहोस ।
|
|
Post a Comment