|
|
सोमवार राति परेको अविरल बर्षाका कारण आएको बाढीले कोसी राजमार्ग अवरुद्ध गरेको छ । बाढीका कारण कोषी राजमार्ग अन्तरगतका धरान धनकुटा सडक खण्ड अवरुद्ध भएका छ ।
बाढीले धनकुटाको महाभारा २ फेदी स्थित सडक बगाएपछि धरान धनकुटा सडक खण्ड अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि सय भन्दा बढी सवारि साधनहरु अलपत्र परेका छन् । सडक खुलाउन अहिले स्काभेटर प्रयोग गरिदैछ । यस्तै बर्षाका कारण ईटहरीका बिभिन्न स्थान डुवानमा परेका छन् ।
|
|
Post a Comment