Headlines News :
Home » » दुई वर्षमा भित्रमा लोडसेटिङ अन्त्य गर्ने सरकार डिजेल प्लान्ट ल्याउन तयारी सुरु -

दुई वर्षमा भित्रमा लोडसेटिङ अन्त्य गर्ने सरकार डिजेल प्लान्ट ल्याउन तयारी सुरु -

Written By news on Thursday, 2 June 2016 | 21:37


दस वर्षमा दस हजार मेगावाट जलविद्युत् उत्पादन गर्ने बजेट मार्फत नै घोषणा गरेको सरकारले डिजेल प्लान्ट ल्याउन तयारी सुरु गरेको छ ।करिब ८० मेगावाट बराबरको डिजेल प्लान्ट ल्याउने तयारीका लागि नेपाल विद्युत् प्राधिकरणको उत्पादनका उपकार्यकारी निर्देशक शेरसिंह भाटको संयोजकत्वमा समिति गठन गरेर धमाधम काम भइरहेको अाजको अन्नपूर्णमा समाचार छ ।जेठ पहिलो साता गठित समितिमा योजना र वितरण तथा ग्राहक सेवाका उपकार्यकारीद्वय राजीव शर्मा र गोपालबाबु भट्टराई छन् । स्रोतका अनुसार संयोजक भाटले ‘प्रेसर छ, छिटौ सकौं’ भन्दै सहकर्मीहरूलाई भन्दै आएका छन् । डिजेल प्लान्ट भित्र्याउन मिल्नेगरी प्रतिवेदन लेख्न शर्मा र भट्टराई त्यति उत्साहित छैनन् । भाटकै पहलमा प्राधिकरणले ८२ मेगावाट क्षमताको तल्लो सोलु आयोजनाको बिजुली डलरमा खरिद गर्ने सम्झौता गरेको थियो ।‘छोटो समयमा आपूर्ति गर्न सकिने’ विकल्प अध्ययन गरी प्राधिकरण व्यवस्थापनलाई बुझाउनुपर्ने कार्यादेश दिइएको छ । स्रोतका अनुसार उपप्रधान तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीको मौखिक आदेशमार्फत प्राधिकरण व्यवस्थापनले उक्त समिति गठन गरेको हो । प्राधिकरणका अध्यक्ष ऊर्जा सचिव भए पनि मन्त्री रायमाझीले अलिखित र अनौपचारिक निर्देशन दिँदै आएका छन् ।

सरकारले जेठ १५ गते सार्वजनिक गरेको बजेट वक्तव्य र मन्त्रिपरिषद्ले पारित गरेको ‘ऊर्जा विकास दशकसम्बन्धी कार्ययोजना’ मा डिजेल प्लान्टबाट बिजुली उत्पादन गर्ने उल्लेख छैन । मन्त्रिपरिषद्ले गत फागुन ६ गते जलविद्युत् विकास दशक र १० वर्षमा १० हजार मेगावाट जलविद्युत् उत्पादन गर्ने अवधारणापत्र स्वीकृत गरेको थियो । डिजेलबाट उत्पादित बिजुली अहिले पनि प्रतियुनिट ३० रुपैयाँ पर्छ । युरोप, अमेरिकालगायत विकसित देशका विभिन्न उद्योग, होटल, कलकारखानाले चलाएर थोत्रा भएका प्लान्टलाई डेन्टिङ पेन्टिङ गरी नेपालमा भित्र्याउन बिचौलियाले हरेक ऊर्जामन्त्रीसमक्ष लबिङ गर्दै आएका छन् । ती देशका वातावरणीय प्रदूषण मापदण्डअनुसार हटाइएका त्यस्ता उपकरण अल्पविकसित देशमा आपूर्ति हुँदै आएका छन् । यस्ता प्लान्ट भिडाउन पाउँदा बिचौलियाले कमिसनबापत मोटो रकम पाउँछन् । यस्ता प्लान्टका पार्टपुर्जा सधैंभरि ती एउटै कम्पनीसँग खरिद गरिरहनुपर्ने बाध्यता हुन्छ ।

यसअघि पनि प्राधिकरणले ८० मेगावाटको डिजेल प्लान्ट ल्याउन टेन्डर गरिसकेको थियो । विरोध बढ्दै गएका कारण रद्द भएको थियो । भाटको संयोजकत्वमा गठित समितिको कार्यादेशमा डिजेल प्लान्ट भन्ने शब्द उल्लेख नगरी ‘छोटो समयमा आपूर्ति गर्न सकिने विकल्प’ भनिएको छ । ‘डिजेलबाहेक अरू कुनै पनि विद्युत् छोटो समयमा आपूर्ति हुन सक्दैन,’ प्राधिकरणका एक इन्जिनियरले भने, ‘यो विभिन्न ठाउँमा जडान गर्न सकिने भनिएकाले डिजेल प्लान्ट भएको प्रस्ट छ ।’

मातहतका ५४ मेगावाटका डिजेल प्लान्ट सञ्चालन खर्च अत्यन्त महँगो भएका कारण प्राधिकरण बन्द गरेर बसेको छ । एक लिटर डिजेलबाट तीन युनिट बिजुली उत्पादन हुन्छ । यसअनुसार एक मेगावाट बिजुली २४ घन्टासम्म उत्पादन गर्न ८ हजार लिटर डिजेल आवश्यक पर्छ । ८० मेगावाट बिजुली अत्यधिक मागको समय (पिक आवर) मा मात्र उत्पादन गर्ने हो भने १६ हजार लिटर डिजेल आवश्यक पर्छ ।

सरकारले आगामी वर्ष भारतबाट आयात गरेर र स्वदेशका जलविद्युत् उत्पादन गरेर उल्लेखनीय रूपमा लोडसेडिङ हटाउने घोषणा गरिसकेको छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger