जेठ २१ अर्जेन्टिना तथा बार्सिलोना चर्चीत खेलाडी लियोनल मेस्सीले कर छली गरेको आरोपमा स्पेनिस अदालतमा मुद्धा खेपि रहेका छन् । जुन २ मा अदालतमा मेस्सी र उनका पिता हाजिर भए । स्पेनिस लिग भर्खरै सकिएर पनि आराम गर्न नपाएका मेस्सीको अदालत उपस्थिति निकै व्यस्थताकाबिच थियो । उनलाई कोपा अमेरिका कपको तयारीका लागि अर्जेन्टिना फर्किहाल्नुपर्ने थियो । उनी र उनका पितालाई सन् २००७ देखि २००९ सम्म कर छली गरेको आरोप लागेको थियो । मेस्सीले आफु बारम्बार निर्दोष भएको बताउँदै आइरहेका छन् । उनले कागजपत्र कहिले नपढेको र सधै फुटबल खेल्नमात्र ध्यान बनाएको उनले अदालतमा भने । उनले कुनै गलत काम नगरेको र निर्दोष रहेको अदालत समक्ष बताएका छन् ।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Post a Comment