|
|
महिलाहरुले लडाकुहरुसँग यौन सम्बन्ध बनाउन नमानेपछि उनीहरुलाई जिउँदै जलाइएको हो । इराकको मोसुल सहरमा आइएस लडाकुहरुले सयौ सर्वसाधारणका अगाडि ती महिलाहरुलाई जिउँदै जलाएको स्थानीय अधिकारकर्मीले जनाएका छन् ।
आइएस लडाकुसँग यौनसम्बन्ध बनाउन अस्विकार गरेका ती महिलाहरुलाई फलामको पिजँडामा थुनी जलाएर हत्या गरेको हो । स्थानीय सञ्चारकर्मी अब्दुल्ला अल मल्लले लडाकुहरुसँग यौन सम्बन्ध राख्न नमानेका कारण उनीहरुको पाश्र्विक हत्या गरिएको बताएका छन् ।
मोसुलबाट एक प्रत्यक्षीदर्शीले उनीहरुलाई जलाएको सयौ मानिसले हेरिरहे पनि केही गर्न नसकेको बताएका छन् । आइएसका लडाकुहरुले जबरजस्र्ती यौन सम्बन्ध बनाउन हजारौ महिलाहरु बन्दी बनाएको समेत बताइएको छ ।
आइएसका लडाकुहरुविरुद्ध कारबाही अगाडि बढाइरहेको इराकी सेनाले फजुलाका धेरै ठाउँमा पकड बनाएको बताएको छ । आइएस लडाकुले सिरिया र इराकका धेरै महिलाहरुलाई बन्दी बनाएर यौन शोषण गर्दै आइरहेको विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरुले जनाउँदै आइरहेका छन् ।
यसअधि पनि चुरोट बेचेको भन्दै ६ जना व्यापारीलाई आइएसका लडाकुहरुले खुलेआम फाँसी दिएका थिए ।
|
|
Post a Comment