|
|
विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नेदरल्याण्डविरुद्धको खेलका लागि नेपाली क्रिकेट टोली तयारीमा जुटेको छ । बुधबार विहान कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पुग्दा प्रशिक्षक जगत टमाटाको नेतृत्वमा २४ खेलाडी प्रशिक्षणरत थिए ।
नेपाली टोलीमा नामिबियाविरुद्ध खेलेको टोलीका सबै सदस्य छन् भने दुई नयाँ ब्याट्सम्यानमा सुवास खकुरेल र सुनिल धमलालाई बोलाइएको छ । nepal cricket team practice (15) बलिङमा दिपेश श्रेष्ठ, ललितसिंह भण्डारी, अविनाश कर्णलाई पनि बन्द प्रशिक्षणमा बोलाइएको छ । दिपेश श्रेष्ठ यू-१९ टीमका सदस्य हुन् अविनाश कर्ण यसअघि पनि नेपाली टोलीमा परिसकेका बलर हुन् । ललितसिंह भण्डारी पनि यू १९ कै हुन् ।
प्रशिक्षक टमाटा अनुसार यू-१९ एसिया कप खेलेका छन् । लेफ्ट हृयाण्ड फास्ट बलर हुन् । नेपाली टोलीमा नयाँ ट्रेनर राजेश चौहान आएका छन् । भारतका उनले जिम्बाबेको टीममा ट्रेनरको रुपमा काम गरिसकेका छन् ।
|
|
Post a Comment