Headlines News :
Home » » दुबइबाट पुर्‍याइँदैछ नेपालीलाई ‘असुरक्षित’ अफगानिस्तान ..

दुबइबाट पुर्‍याइँदैछ नेपालीलाई ‘असुरक्षित’ अफगानिस्तान ..

Written By news on Tuesday, 14 June 2016 | 05:07

३२ जेठ, काठमाडौं । वैदेशिक रोजगारीका लागि अफगानिस्तान खुला भएको हल्ला बजारमा चलेको छ । कतिपय एजेन्ट र म्यानपावर कम्पनीले कामदारलाई अफगानिस्तान खुलिसकेको भन्दै अवैधानिक रुपमा त्यता पठाइरहेका छन् ।

तर, सरकारले निश्चित क्षेत्रमा बाहेक अफगानिस्तानमा कामदार लैजान नपाउने व्यवस्था गरेको छ । यसै आधारमा वैधानिक रुपमै अफगानिस्तान जानेहरु पनि छन् । चालु आर्थिक वर्षमा मात्रै १ सय ३६ जना कामदारले सरकारसँग अनुमित लिएर अफगानिस्तान गएका छन् । जसमा एक जना महिला पनि छिन् ।


पछिल्लो समयमा भारतबाट अफगानिस्तान पुर्‍याउने क्रम तीब्र भएको छ । अफगानिस्तान असुरक्षित रहेको थाहा हुँदाहुँदै धेरै कमाउने प्रलोभन देखाएर नेपालीहरुलाई त्यहाँ लगिँदैछ । सरकारले युएन सेक्युरेटी र गभर्नमेन्ट सेक्युरेटीबाहेक अन्य क्षेत्रमा अफगानिस्तान पुगेर काम गर्न रोक लगाएको छ ।

तर, कामदारलाई छक्याएर अफगानिस्तान लैजाने क्रम तीब्र भएको आप्रवासन अधिकारकर्मीहरु बताउँछन् । कामदारलाई अफगानिस्तानमा जान खुला भएको भ्रम पारिएको उनीहरुको दावी छ ।

श्रम तथा रोजगार मन्त्रालयले भने अफगानिस्तानमा वैदेशिक रोजगारी आंशिक मात्र खुला गरिएको जनाएको छ । तर, अफगानिस्तामा जान खुला भएको हल्ला चलाएर त्यसबाट कामदारलाई असुरक्षित ठाउँमा पुर्‍याउने क्रम तीव्र भएको छ ।

‘अफगानिस्तानमा मासिक १ लाख भन्दा बढी काइ हुन्छ भनेर लैजाने गरेको हामीले पनि सुनेका छौं,’ श्रम तथा रोजगार मन्त्रालयका एक अधिकारी भन्छन्, ‘काठमाडौंका एयरपोर्टबाट यो सम्भव छैन । त्यसैले भारतका एयरपोर्टबाट उनीहरुलाई अफगानिस्तान पुर्‍याइन्छ । त्यसैले हामीले त्यसलाई रोक्न सकिरहेका छैनौं ।’

दुबइको सजिलो बाटो

नेपालीलाई अफगानिस्तान पुर्‍याउन अर्को सहज बाटो बनेको छ दुबइ । दुबइमा कुनै कम्पनीमा जाने र त्यहाँबाटै अफगानिस्तान छिर्ने क्रम पछिल्लो समयमा बढेको छ ।

विशेष गरेर त्यहाँका सेक्युरेटी कम्पनीहरुले नेपाली कामदारलाई आफगानिस्तान छिराइरहेका छन् । यहाँबाट दुबइको श्रम स्वीकृति लिएर जानेहरुलाई सम्बन्धित कम्पनीले नै अफगानिस्तानमा पठाएको पाइएको छ ।


यसैको आडमा नेपालीहरुलाई अफगानिस्तान पठाउन दुबइमा सञ्जालहरु नै सक्रिय रहेको सूचना नेपाल सरकारसँग पनि छ । तर, त्यसलाई रोक्न सरकारले कुनै कदम भने चालेको छैन ।

भिजिट भिसामा दुबइ पुर्‍याएर त्यहाँबाट अफगानिस्तान लैजाने गरेको पनि भेटिएको छ । विभिन्न बाहानामा दुबइ पुर्‍याइएका नेपालीलाई अफगानिस्तानमा असुरक्षित क्षेत्रमा कामका लागि पठाउने गरिएको छ ।

वैदेशिक रोजगार विभागको श्रम कार्यालयमा दुबइ हुँदै अफगानिस्तानमा काम गरेको भन्दै सम्झौता रि-इन्ट्री गर्न आउने नेपालीको संख्या ठूलो छ ।

‘दुबइको कम्पनीका लागि श्रम स्वीकृति दिएका मान्छे अफगानिस्तानको लागि रि-इन्ट्री गर्न भनेर आउने गरेका छन्’ विभागका काठमाडौं कार्यालयका पूर्वप्रमुख मधुबिलास पण्डित भन्छन्, ‘दुबइका कम्पनीले नै नेपालीलाई अफगानिस्तान पुर्‍याउने गरेको पाइएको छ । तर, युएन सेक्युरेटी र गर्भनमेन्ट सेक्युरेटीबाहेकमा ‘लिगलाइज’ पनि गरिँदैन ।’

अफगानिस्तानमा पनि आन्तरिक युद्ध चर्किंदै गएपछि त्यहाँ कामदार पठाउन रोक लगाइएको थियो । तर, पछिल्लो समयमा निश्चित क्षेत्रबाहेक अन्यमा कामदार पठाउन पनि निषेध जारी नै छ ।

कानूनी रूपमा रोजगारीका लागि जान रोक लगाए पनि अवैध तरीकाबाट भने जाने क्रम रोकिएको छैन । गैरकानूनी तरीकाबाट जाने कामदारले दलाललाई लाखौं रुपैयाँ बुझाएर जाने गरेका छन् । यसरी जाँदा कामदारले दलाललाई बढी पैसा तिर्नुका साथै अलपत्र पर्ने क्रमसमेत बढेको छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले अफगानिस्तानमा ‘इन्डोर’ क्षेत्रमा काम गर्न असुरक्षित नहुने भन्दै कामदार पठाउन खुला गर्न आग्रह गर्दै आएको छ ।

तर, सरकारले अफगानिस्तानमा कामदार लैजान खुला नगर्दा अवैधानिक रुपमा जानेको संख्या बढ्दै गएको छ । पछिल्लो समयमा अफगानिस्तानमा असुरक्षाको दर घटेकाले नेपालीहरु राम्रो कमाइको आशमा अवैधानिक रुपमै भएपनि त्यता जाने क्रम तीब्र भएको हो ।



Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger