Headlines News :
Home » » एलजीले ल्यायो लामखुट्टे भगाउने टीभी..

एलजीले ल्यायो लामखुट्टे भगाउने टीभी..

Written By news on Sunday, 19 June 2016 | 01:26


एजेन्सी: कन्जुमर इलेक्ट्रोनिक्स उत्पादनमा एक अग्रणी कम्पनी एलजीले लामखुट्टे भगाउने टीभी विश्व बजारमा ल्याएको छ। उसले उक्त टीभीलाई मस्क्विटो अवे टीभी (Mosquito Away TV ) नाम दिएको छ।

यो टीभीको मूल्य ४३ हजार रुपैयाँदेखि सुरु हुन्छ भने ७६ हजार सम्म राखिएको छ। यसमा इन्टरनेट कनेक्ट गर्ने वित्तिक्कै लामखुट्टे भगाउनुका साथै टीभी पनि सजिलै हेर्न सकिनेछ।

कम्पनीका अनुसार यो लामखुट्टे भगाउने टीभी अल्ट्रा सोनिक डिभाइस लगाइएको छ । जसले सक्रिय गर्ने बित्तिक्कै लामखुट्टेलाई सजिलै धपाउन सकिन्छ। यसले कुनै हानिकारक रेडिएशन निकाल्ने छैन, बरु यसको तरङगको माध्यमबाट सबै लामखुट्टे बाहिर जाने कम्पनीले दाबी गरेको छ।
यसका साथै कम्पनीले यो सबै ग्लोबल अर्गनाइजेशनको मूल्य र मान्यतालाई कायम राख्दै बनाएको जानकारी दिएको छ। यसलाई इन्टरनेशन बायो टेक्नोलोजी एन्ड ट्याक्सीलोजीमा समेत परीक्षण गरिएको छ।

कम्पनीले एक महत्वपूर्ण विवरण पेश गर्दै भनेको छ, 'यो प्रविधिमा कुनै पनि केमिकल वा टोक्सिस प्रयोग गरिएको छैन। यसमा कुनै रिफलको आवश्यकता वा मर्मतको जरुरी समेत पर्ने छैन ।'

यसको अर्को विशेषता भनेको स्मार्ट टीभीकै ब्राण्ड शोरुममा उपलब्ध हुने छ। यो उत्पादनमा ८० सेन्टिमिटरको टीभीलाई ४३ हजार पर्छ भने १०८ सेन्टीमिटरको टीभीलाई करीब ७६ हजार रुपैयाँ पर्ने कम्पनीले जनाएको छ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger