Headlines News :
Home » » एउटालाई न्यान दिने नाममा अर्कोलाई अन्याय :

एउटालाई न्यान दिने नाममा अर्कोलाई अन्याय :

Written By news on Friday, 17 June 2016 | 03:34

एउटालाई न्यान दिने नाममा अर्कोलाई अन्याय : दुई महिने दूधे बालककी आमालाई यसरी फसाइयो


भीमदत्तनगर – बाइस वर्षीया रचना चन्द रक्तचाप रोगले थला परेकी ५७ वर्षीया वृद्धा आमा कल्पना मल्ललाई भेट्न दुई महिने दूधे बालकलाई लिएर माइतीघर पुगिन् ।

गत जेठ १ गते कञ्चनपुरको बेदकोट नगरपालिका–१ चम्फापुरमा रहेको माइत पुगेकी रचनाले बिरामी आमाको हेरचाह गरिरहेकै बेला एकाएक जिल्ला प्रहरी कार्यालयको हिरासतमा पुगेकी छन् ।
चम्फापुर गाउँमा स्थानीय रामदुलारी रानाको हत्या भएपछि सोधपुछका लागि रचनालाई जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले ल्याए पनि प्रहरीले अन्ततः उनीमाथि कर्तव्य ज्यान उद्योग जस्तो गम्भीर प्रकृतिको मुद्दा दायर गरेपछि उनी छानाबाट खसे झैँ भएकी छन् ।

‘आमा भेट्न दुई महिने सुत्केरी माइत आएकी बहिनीलाई ज्यानसम्बन्धी महलमा कारबाहीका लागि मुद्दा दर्ता गरियो’ रचनाका दाइ नागेन्द्र मल्लले भने । कञ्चनपुरको बेलौरी नगरपालिका–६ घर भएकी एक छोरा एक छोरीका आमा रहेकी रचनाका श्रीमान् यतिबेला सेनाको मिसनमा देश बाहिर छन् ।

चम्फापुरकी रामदुलारी रानाको प्रेम सम्बन्ध रचनाका दाइ प्रकाश मल्लसित भएको भन्दै प्रहरीले रचना, प्रकाश मल्ल, उनका बुबा इन्द्र मल्ल र दुईवटा भाउजू मीना, लक्ष्मी मल्ल र कान्छी आमा डम्बरा मल्ललाई हिरासतमा राखेको छ ।

‘सिङ्गो परिवारलाई हत्याको आरोपमा मुद्दा चलाएर हिरासतमा राखियो’ इन्द्र बमका जेठा छोरा नागेन्द्रले भने, ‘प्रहरीले निष्पक्ष छानबिन गरोस्, दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्छ भन्ने हाम्रो पनि मान्यता हो ।’
‘रामदुलारीसित भाइ प्रकाशको प्रेम सम्बन्ध रहेको भए पनि मेरी बहिनीको के दोष छ र उनीमाथि मुद्दा चलाइयो ?’ नागेन्द्रले भने । गत जेठ १८ गते राति घरबाट भागेकी रामदुलारीको शव २२ गते गाउँकै झाडीमा भेटिएको थियो । रचना र उनका भाउजूहरुलाई प्रहरीले २४ गते माइतबाटै नियन्त्रणमा लिएको नागेन्द्र मल्लले बताए । उनले आफ्नो परिवार उक्त घटनामा संलग्न नरहेको दाबीसमेत गरे ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक केदार खनालले गत जेठ २४ गते हत्या गरिएका रामदुलारी रानाका ससुरा पदम रानाले दिएको जाहेरीका आधारमा रचनासहित मल्ल परिवारका छ जनामाथि कर्तव्य ज्यानमा मुद्दा दर्ता गरिएको जानकारी दिए । ‘घटनाको बारेमा अनुसन्धान भइरहेको छ’ प्रवक्ता खनालले भने ।

प्रकाशित मिति: शुक्रबार, असार ३, २०७३ समय: १५:५७:१०


Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger