|
|
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्ले पारित गरेको संविधान कार्यान्वयनको कार्यतालीकालाई हेरफेर गर्न नसकिने बताउनुभएको छ । उच्चस्तरिय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिले शुक्रबार काठमाडौंमा गरेको संविधान कार्यान्वयन चुनौती र जवाफदेहीता विषयक अन्तरक्रियामा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्ले पारित गरेको संविधान कार्यान्वयनको कार्ययोजनामा धेरै हेरफेर गर्न नसकिने भन्दै जतिसक्दो छिटो प्रतिवेदन बुझाउन स्थानीय तहको संख्या र सीमा निर्धारण आयोगलाई निर्देशन दिनुभएको हो ।
प्रधानमन्त्री ओलीले आगामी मंसिर महिनामा कुनै पनि हालतमा स्थानीय तहको निर्वाचन गराइनुपर्ने अन्यथा संविधानको कार्यान्वयन गर्न समय अपुग हुने बताउनुभयो । संविधान कार्यान्वयनको कार्यतालीका कार्यान्वयन गर्न सहयोगका लागि आग्रह गर्दै प्रधानमन्त्री ओलीले समय अपुग भएपनि आफु संविधान संशोधन गर्ने पक्षमा नरहेको जानकारी दिनुभयो ।
सरकारले २०७४ सालको मंसिर महिनाभित्र स्थानीय, प्रदेश र संघीय तहको निर्वाचन गर्ने गरी विहीवार कार्ययोजना सार्वजनिक गरेको थियो । प्रधानमन्त्री ओलीले विकासका कामहरु प्रभावित भए पनि पुरै ध्यान चुनावतिर दिन निर्देशन दिनुभयो ।
|
|
Post a Comment