बलिउडका सुपरस्टार सलमान फेरि मिडिया तथा सामाजिक संजालमा चर्चाको विषय बनेका छन्। उनको अपकमिङ फिल्म ‘सुल्तान’को विषयमा मिडियालाई अन्तर्वार्ता दिने क्रममा शुटिङको दौरान आफुलाई बलात्कृत महिलाको जस्तो महशुस हुने बताएपछि यस्तो चर्चा चलेको हो। उनले शुटिङको क्रममा १२०किलोका पहलवान लाई १० अलग अलग एंगलबाट उठाउनु परेको बताएका छन्।उनले शुटिङको लागि आफुले धेरै मेहनत गर्न परेको कुरा शेयर गरेका छन्। उनले रेसलिङ कम्पाउण्डको रिङ बाहीर आउँदा थकानका कारण बलात्कार भएकी महिला जस्तो महशुस हुने भनेपछि यस बारेमा विभिन्न विरोधहरु आइरहेका छन्। यो कुरा फैलिएपछि उनका फ्यानहरुले सामाजिक सञ्जालमा विरोध गरिरहेका छन् । साथै उनलाई राष्ट्रीय महिला आयोगले सात दिन भित्र माफी माग्न समेत आग्रह गरेको छ।उनले शुटिङको अनुभवलाई यसरी तुलना गर्नु गलत भएको भन्दै विभिन्न व्यक्ति तथा फ्यानहरुले माफी माग्न आग्रह गरेका छन्। सलमानको यस विषयलाई लिएर उनका पिताले पनि सलमानको भनाई शैली गलत भएपनि मनशाय गलत नभएको भन्दै सलमानको तर्फबाट माफी मागेका छन्।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Post a Comment