Headlines News :
Home » » सबै भन्दा प्यारो मेस्सी नै तर अब अमेरिकी समर्थकलाई मेस्सीको डर कारण यस्तो छ..

सबै भन्दा प्यारो मेस्सी नै तर अब अमेरिकी समर्थकलाई मेस्सीको डर कारण यस्तो छ..

Written By news on Tuesday, 21 June 2016 | 04:17


फक्सब्रर्ग–

अमेरिकामा जारी कोपा अमेरिकामा हजारौं अमेरिकन समर्थकले अर्जेन्टिनाका स्ट्राइकर लियोनेल मेसीको प्रर्दशनमा ताली पिट्दै उनलाई हौस्याउँदै आएका छन्। तर, तिनै हजारौं समर्थकलाई शनिबार राति होस्टनमा आफ्नो राष्ट्रविरुद्ध अर्जेन्टिना मैदानमा उत्रँदा मेसीकै डर हुनेछ।
मैदानमा खेलिरहँदा होस् या बेन्चमा बस्दा उनी सधैं समर्थकको आकर्षणको केन्द्र हुने गर्दछन्। समुह चरणको चिलीविरुद्धको पहिलो खेलमा बेन्चमा बस्दापनि  समर्थकले उनको नामको नारा लगातार  लगाई रहे। मेसीको व्यक्तित्वका कारण सोही खेलमा दुई गोल गर्दै आफ्नो टोलीलाई विजयी गराएका एन्जेल डि मारियाको उत्कृष्ट प्रदर्शन भने छाँयामा परेको थियो।


समुह चरणको दोस्रो खेलमा पानामाविरुद्ध दोस्रो हाफमा मैदानमा प्रवेश गर्दै मेसीले ह्याट्रिक गर्दा होस् वा भेनेजुएलाविरुद्धको क्वाटरफाइनल नै किन नहोस् उनको खेल हेर्न हजारौं समर्थक मैदानमा उपस्थित थिए। ती मध्य कयौं समर्थक विश्व चर्चित खेलाडी मेसीलाई एकपटक हेर्न मात्र भए पनि रंगशालामा आएका थिए। तिनै समर्थक शनिबारको गलत रात किन आयो भनेर शान्ताक्रुजलाई सराप्नेछन्। किन भने मेसी आयोजक अमेरिकालाई कोपा अमेरिकाको फाइनल प्रवेशमा रोक लगाउन तगारो बन्न सक्नेछन्।


अमेरिकी समर्थकलाई आफ्ना खेलाडीले मेसीलाई कसरी नियन्त्रणमा राख्छन् भन्ने चिन्ता छ । पूर्णरुपमा फिट नहुँदा पनि उनले सहज रुपमा खेल्दै उत्कृष्ट प्रदर्शन गर्दै आएका थिए। हाल उनी पूर्ण रुपमा फिट छन्। यस कारण अमेरिक समर्थक थप चिन्तित बनेका हुन्।
प्रतियोगिता अवधिभर अर्जेन्टिनाको जर्सी लगाउँदै मेसीको समर्थन गर्दै आएका अमेरिकी समर्थकहरु मैदानमा कुन रुपमा आउँछन् र कसलाई समर्थन गर्छन् भन्ने हेर्न बाँकी छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger