|
|
प्राप्तांकअनुसार उनीहरूको क्षमता नभएको पत्ता लागेपछि बिहार बोर्डबाट पास गरेका उनीहरूमाथि आशंका गरिएको थियो । बिहार बोर्डमा सर्वोत्कृष्ट स्थान हासिल गरेका विद्यार्थीलाई अन्तर्वार्ताका क्रममा केही प्रश्न सोधिएको थियो । उनीहरूले अचम्मलाग्दो जवाफ दिएपछि यो सार्वजनिक भएको हो । कला संकायमा १२ कक्षातर्फकी सर्वोत्कृष्ट छात्रा १७ वर्षीया रुबी रायलाई राजनीति विज्ञान के हो भनेर सोधिएको थियो । उनले राजनीति विज्ञान भनेको खाना पकाउन सिकाउने शास्त्र भएको उत्तर दिएकी थिइन् । रुबीको मूल विषय राजनीति शास्त्र भएकाले पत्रकारले यस्तो प्रश्न सोधेका थिए । उक्त विषयमा उनले विशिष्ट अंक ल्याएकी छन् । यसैगरी विज्ञानतर्फका सर्वोत्कृष्ट हुन सफल छात्रले पनि सामान्य तहको उत्तर पनि गलत दिएका थिए । उनलाई र एचटुओ बीच के सम्बन्ध छ भनेर सोधिएको थियो । गत साता उच्च माध्यमिक तहको परिणाम सार्वजनिक भएपछि सर्वोत्कृष्ट भएका विद्यार्थीलाई स्थानीय च्यानलले अन्तर्वार्ताका क्रममा यस्ता प्रश्न गरेका थिए ।
यो घटनाबाट बिहार सरकारको शैक्षिक नीतिमाथि आलोचना सुरु भएको थियो । बिहार सरकारले बाध्य भएर १५ लाख विद्यार्थीमध्ये उत्कृष्ट १० स्थान हासिल गरेका सबै छात्रछात्राको आगामी साता पुनः परीक्षा लिने भएको हो । बिहारका शिक्षामन्त्री अशोक चौधरीले उनीहरूको जवाफबाट आफू चकित भएको बताएका छन् । उनीहरूको परीक्षा अरू विद्यार्थीले दिएको हुनसक्ने वा उनीहरूको उत्तरपुस्तिका जाँच दिइसकेपछि साटेको हुनसक्ने बताए । ती उत्कृष्ट स्थान हासिल गर्ने आधिकांश विद्यार्थी राजधानी पटनाबाट २० किलोमिटर दूरीमा रहेको हाजीपुरस्थित विएन राय कलेजका हुन् ।
विहारमा शैक्षिक माफिया निकै सक्रिय छन् । उनीहरूले भर्ना प्रक्रियादेखि परीक्षा दिन समेत संगठित रूपमा काम गरिरहेका छन् । गत वर्ष दसको परीक्षामा चिट चोरीको प्रसंग निकै चर्चामा आएको थियो । परीक्षा केन्द्रका झ्यालमा चढेर मानिसले चिट चोराएका दृश्य अन्तर्राष्ट्रियस्तर समाचार बनेका थिए । उक्त समाचारपछि चिट चोराउनेलाई ५ वर्ष जेल सजाय र आर्थिक जरिवानाको व्यवस्था गरिएको थियो ।
|
|
Post a Comment