Headlines News :
Home » » गोप्य प्रशिक्षणमा प्रचण्डले भने, ‘म नराम्रोसँग बिग्रेको रहेछु’

गोप्य प्रशिक्षणमा प्रचण्डले भने, ‘म नराम्रोसँग बिग्रेको रहेछु’

Written By news on Thursday, 2 June 2016 | 06:53

रमेश कठायत
काठमाडौं, २० जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नराम्रोसँग बिग्रिएको बताएका छन् । प्रदेश नम्बर तीन अन्तर्गत राजधानीको गौशाला स्थित अनुपम पार्टी प्यालेशमा कार्यकर्तालाई प्रशिक्षण दिने क्रममा उनले आफू सपनाबाट ब्युँझिए जस्तो भएको बताए ।
‘म नराम्रोसँग बिग्रेको रहेछु । ममा पनि धेरै कमजोरी हावी भएको रहेछ । मैले महशुस गरेको छु । जनतासँग सम्बन्ध टुटेको छ । बर्गदूश्मनहरुसँग सम्बन्ध बढेको छ । एउटा गम्भिर मनोगतवादी गल्ति भयो,’ प्रचण्डले भने, ‘यति गहिरो आत्माआलोचना गरेको छु । मलाई सपनाबाट ब्युझिए जस्तो अनुभूति भएकै थियो ।’
सम्पूर्ण क्षति तथा कमजोरीको जिम्मेवार आफू भएको भन्दै उनले निकै भावुक मुद्रामा अब माओवादी आन्दोलन एकताद्ध भएर जाने उद्घोष गरे । ‘मुख्य जिम्मा मैले नै लिनुपर्छ । खाली त्यो समुहको कुरा होईन । किन भने म कम्युनिस्ट आन्दोलनको नेता हुँ,’ उनले अगाडी भने, ‘यति संकल्प गरेपछि सबै ठीक भएर जान्छ ।’
अध्यक्ष प्रचण्डले गम्भिर आत्मसमिक्षा गरेपछि नै एकता वार्ता सुरु भएको खुलाशा गरे । ‘आत्मसमिक्षा पछि नै एकता वार्ता सुरु भएको छ । नेतृत्व दिन पनि तयार छौं भनेकै हो,’ उनले भने, ‘किरणजीलाई नेतृत्व दिन तयार भएको कुरा भनेकै हो । किरणजी पछि आश्चर्यजनक तरिकाले पछाडी हट्न थाल्नुभयो ।’
अध्यक्ष प्रचण्डले बाबुराममाथि माक्र्सवाद आधारभूत रुपमा छोडेको आरोप लगाएका छन् । ‘बाबुराम जीले आधारभूत रुपमा माक्र्सवाद छाडेकाले बुझाईमा अन्तर भयो उहाँसँग एकता हुन सकेन,’ किरणलाई समेत आरोप लगाउँदै प्रचण्डले भने, ‘किरणजीले पनि माक्र्सवादलाई अलि जड तरिकाले सोच्नुभयो त्यसकारण एकता हुनसकेन ।’
अध्यक्ष प्रचण्डले आफू प्रतिक्रियावादीहरुको जालमा परेको समेत बताए । ‘प्रतिक्रियावादीहरु दुई जिब्रे हुँदा रहेछन् । त्यो कुरा प्रतिक्रियावादीको गतिविधीबाट थाहा भईसक्यो,’ उनले भने ।
माओवादी एकतालाई वैचारीक एकताको संज्ञा दिँदै उनले भने, ‘विचारकै कुरा मिलेको थियो । बादल जीलाई पनि थाहा थियो । मैले यो कुरा किरणजीलाई पनि भनेकै हो । न हामीले बाबुराम जीलाई बोक्न सक्यौं, न किरण जीलाई ल्याउन सक्यौं । तीन वर्षदेखि प्रयास गर्दापनि उहाँ झनै उछिट्टिएर जानुभयो ।’
आफू कार्यकर्ताको आदेशमा जे पनि गर्न तयार रहेको उनले बताए । ‘तपाईंहरुले भन्नुभयो भने जेपनि गर्न तयार हुन्छु ।’


Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger