Headlines News :
Home » » एक वर्षे बालकले सम्भोग चाहेपछि …

एक वर्षे बालकले सम्भोग चाहेपछि …

Written By news on Thursday, 23 June 2016 | 03:03


एक वर्षको उमेर । तर यौनांगमा रौं पलाइसक्यो । यौनांग पनि वयस्कको जत्रो । यौनांगमात्रै नभई अनुहार र शरीरका अन्य भागमा रौं । टेस्टोरेन तह पनि २५ वर्षको वयस्कको जस्तो । आवाज पनि धोद्रे ।
सुन्दै पनि अचम्म लाग्ने यस्ता बालक भारतमा भेटिएका छन् । आकाश नाम गरेका ती बच्चामा यस्तो देखिनुमा हर्मोनकै गडबडी भएको चिकित्सकहरुले बताएका छन् ।
चिकित्सकका अनुसार ती बच्चा बाल प्रौढ अवस्थाबाट पीडित भएको बताइएको छ । सात वा आठ वर्षअघि नै प्रौढअवस्थाको लक्षण देखाउनुलाई बाल प्रौढ अवस्था भनिन्छ ।
६ महिनाअघि मात्र बच्चामा केही गडबडी भएको अभिभावकले थाहा पाएका थिए । उनीहरुले छोराको यौनांग अस्वाभाविक रुपमा ठूलो भएको पाएका थिए । तर शरीरका अन्य भाग भने अन्य बालबालिकाको भन्दा निकै सानो थियो ।
बच्चाकी आमाले हिन्दूस्तान टाइम्सलाई भनिन्,‘उ केबल ठूलो भएको आशंकामा हामीले चिकित्सककहाँ देखाएनौं । तर उ एक वर्षको पुग्दा उसमा केही न केही गडबडी भएको हामीले पायौं ।’ बच्चाकी आमा भन्छिन्, ‘परिबारमा अन्य धेरै बालबालिका हुर्काएकी मेरी सासुआमाले पनि उसको गुप्तांगको बृद्धिलाई अस्वाभाविक बताइन । त्यसपछि हामीले डाक्टरकहाँ पु¥यायौं ।’
बाल्य अवस्थामा यौनअंगले काम गर्न थाल्नु वा यौन चाहना हुनु निकै दुर्लभ हो । अहिलेसम्म इतिहासमा रेकर्ड भएअनुसार पेरुमा सन् १९३९ मा आमा बनेकी लिना मेडिना नाम गरेकी बालिका विश्वकै सबैभन्दा कान्छी आमा हुन् । उनले पाँच वर्षको उमेरमा बच्चा जन्माएकी थिइन । सो घटनापछि उनी अन्तर्राष्टिय स्तरमा नै सेलिब्रेटी भएकी थिइन् ।
ट्युमरका कारण उनको पेट ठूलो भएको उनका अभिभावकले आँकलन गरेका थिए । तर घरेलु उपचारबाट सम्भव नदेखिएपछि उनलाई अस्पताल लगेका थिए । तर त्यसको एक महिनापछि छोरालाई जन्म दिएर उनले संसारलाई नै चकित तुल्याएकी थिइन ।
आकाशलाई उपचार गरेका चिकित्सक वैशाखी रस्तागीले भनिन्, ‘बाल अवस्थामा नै प्रौढको जस्तो विकसित गुप्तांगले बालबालिकालाई हिंसात्मक बनाउछ । उसको मांशपेशीको शक्ति यस्तो तहमा वृद्धि भएको छ जसलाई उनका अभिभावकले पनि नियन्त्रण गर्न सक्दैनन्
। ’यस्तो समस्या १० हजार बच्चामध्ये एकजनामा देखिने बताइन्छ ।
अर्को खतरा के देखिएको छ भने आफ्नै उमेरका अन्य बालबालिकाको तुलनामा उक्त बालकका वृद्धि भने कम छ । उसमा देखिएको अस्वाभाविक लक्षण हटाउन आकाशलाई औषधि खुवाइएको छ । उसको अवस्थालाई आफैले नबुझ्ने बेलासम्म यस्तो औषधि दिइनुपर्ने चिकित्सक बताउछन् ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger