Headlines News :
Home » » घरमा रुख रोप्दा बिचार पुर्याऔं, कुन रुख शुभ, कुन रुख अशुभ ?

घरमा रुख रोप्दा बिचार पुर्याऔं, कुन रुख शुभ, कुन रुख अशुभ ?

Written By news on Wednesday, 15 June 2016 | 01:20

रुख र मानिसको सम्बन्ध मानिसको उत्पति देखि अहिलेसम्म निरन्तर छ । हिजोआज शहरी क्षेत्रमा हरियाली वृद्धि तथा शहरी सौन्र्दयता वृद्धिका लागि रुख रोप्ने प्रचलन बढ्दै गएको छ । यसमा पनि पछिल्लो समय घरको वरिपरि तथा बगैंचा र कौसीमा समेत रुख रोप्ने प्रचलन बढ्दै गएको छ ।

घरमा रुख हुँदा घरमा हरियाली आउनुका साथै घरमा बस्ने मानिसहरु स्वस्थ्य रहन्छन भन्ने मान्यता छ । तर, कतिपय अवस्थामा घरमा लगाएका रुखहरुले राम्रो परिणाम दिंदैनन । वास्तवमा कतिपय अवस्थामा रुख सही स्थानमा नरोप्दा वास्तु दोष समेत उत्पन्न हुन्छ ।



आज हामी घरमा कुन रुख, कुन स्थानमा लगाउँदा शुभ हुन्छ र कुन रुख लगाउँदा अशुभ हुन्छ भन्ने बृहत संहितामा उल्लेख भएअनुसार विस्तृत जानकारी दिदैंछौं:

१. बरको रुख:

पूर्वमा, पीपल पश्चिममा, उत्तरमा पैयुँ एंव दक्षिणमा समीको रुख लगाउनु शुभ मानिन्छ । यदि यि रुखहरु विपरित दिशामा लगाएमा अशुभ फल प्राप्त हुन्छ । घरको नजीक काँडादार रुखहरु लगाउनाले शत्रुभय उत्पन्न हुने तथा दुध आउने रुख लगाउँदा धनको नाश हुने सम्भावना रहन्छ ।

२. नीम:
समान्यतया मानिसहरु घरमा नीमको रुख लगउन रुचि राख्दैनन । तर, घरमा नीमको रुख हुनु निकै शुभ मानिन्छ ।

सकारात्मक उर्जा को साथ धेरै प्रकारले कल्याणकारी हुने समेत मानिन्छ ।

३. तुलसी:
हिन्दु धर्ममा तुलसीको निकै ठूलो महत्व छ । तुलसीको रुखलाई एक प्रकारले विष्णुको रुपसमेत मानिन्छ । यदि घरा कुनै प्रकारो नकारात्मक उर्जा रहेको छ भने तुलसीले त्यसलाई नष्ट गर्ने मान्यता छ ।

तर, तुलसीको रुख घरको दक्षिण भागमा लगाउनु हानिकारक मानिन्छ । जसले शुभ भन्दा शुभ लाभ दिन्छ ।

४.अमला:

घरमे अमलाो रुख लगाउनु लाभदायक मानिन्छ । त्यसमा पनि पूर्व र उत्तर दिशामा लगाएमा अत्यन्तै लाभदायक हुने मानिन्छ । अमलाको रुखले दुखकष्ट नाश गर्ने मानिन्छ ।

५.केराः

केराको वृक्ष धार्मिक कारणले समेत निकै महत्वपूर्ण मानिन्छ । विहिवार हुने पूजापाठमा सम्भव भएसम्म केराको पात नै उपयोग गरिन्छ । केराको वृक्ष इसान कोणमा लगाउनु लाभदायक हुन्छ ।

केराको रुखको छायाँमा बसेर पढ्दा पढेको कुरा छिटो–छिटो याद हुने मान्यता छ ।

६. बाँस :
 बाँसको रुख घरमा लगाउनु पनि लाभदायक मानिन्छ । बाँसको रुख लगाउनाले तपाईलाई समृद्धि र सफलताको उचाईतिर बढ्ने क्षमता बढाउँछ ।

७. आँप :
 धेरैजसो घरमा आँपको रुख लगाएको देखिन्छ । मानिसहरु शौख सहति विभिन्न प्रकारका आँपका रुखहरु घरमा लागउँछन । तर, धेरैलाई यो थाहा छैन कि आँपको रुख घरमा लगाउँद त्यसले विभिन्न प्रकारका हानि पुर्याउँछ ।


वास्तवमा घरकोनजिक आँपको रुख लगाउँदा केटाकेटीहरुमा नराम्रो असर पार्ने मानिन्छ ।

८. नरिवल :
 जसको घरमा नरिवलको रुख हुन्छ । उसको मान सम्मानमा निकै वृद्धि हुने मानिन्छ ।  घरमा रुख हुनुलाई हिजोआज निकै सम्मानको दृष्टिले पनि हेरिने हुनाले पछिल्लो समयमा रुख रोप्ने प्रचलन बढ्दै गएको छ ।


सौखको रुपमा रुख रोप्ने प्रचलन पनि बढेको छ । तर, सौखको रुपमै भएपनि आँपजस्ता हानि पुर्याउने वृक्षहरु घरमा नरोपेर नरिवल, नीम, तुलसी, अशोकजस्ता लाभदायक रुखहरु घरमा लगाउन सकिन्छ ।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger