Headlines News :
Home » » यस्तो छ दुई सय वर्ष अघिदेखि चल्दै आएको वेश्यालय>>हेर्नुहोस

यस्तो छ दुई सय वर्ष अघिदेखि चल्दै आएको वेश्यालय>>हेर्नुहोस

Written By news on Wednesday, 15 June 2016 | 00:56

असार;१


हाम्रो बुझाई मुस्लिम राष्ट्रहरुमा यौनलाई खुला रुपमा लिइन्न । र त्याहा यौनजन्य त्रियाकलापलाई अत्यन्तै कडा ढगंले लिइन्छ । तर बंगलादेश विश्वको त्यस्ता मुस्लिम राष्ट्रहरुमा पर्छ, जहाँ बेश्याबृत्तिलाई कानुनी मान्यता दिइएको छ ।

दुई सय वर्ष पुरानो बंगलादेशको टंगेल जिल्लामा रहेको सबैभन्दा पुरा बेश्यालय हो कन्दापारा बेश्यालय । यो बंगलादेशकै दोस्रो ठुलो वेश्यालय पनि हो ।

दुई सय वर्ष अघि देखि चल्दै आइरहेको यो वेश्यालय सन् २०१४ मा बन्द भएको थियो । तर पछि त्याहाकै स्थानिय एन्जीओको सहयोगमा यो वेश्यालयलाई पुन सञ्चालनमा ल्याइएको थियो । धेरै महिलाहरु त्यही वेश्यालयमा जन्मिन्छन र त्यही हुर्किन्छन् । तर जब उनीहरु त्याहावाट हराउँछन् तब त्यो कुरा कसैलाई थाहा नै हुदैन। जब सन् २०१४ मा वेश्यालय बन्द भयो त्यतिबेला त्याहा काम गर्ने महिलाहरुले प्रर्दशन गरेका थिए । तैपनि त्याहाको सरकारले गैरकानुनी भन्दै रोक लगाएको थियो र सबै वेश्याबृत्तिमा लागेका महिलाहरुलाई घर फर्कन अनुरोध समेत गरेका थिए।

उक्त वेश्यालयको वरिपरि २ मिटर अग्लो पर्खाल लगाइएको छ । बेश्यालय जाने साना बाटोहरुमा खानाका स्टलहरु र चिया पसलहरु रहेका छन् । त्यहाँको नियम कानुन नै फरक छ जुन हामिले बाहिर देख्न पाइन्न ।

विदेशी सञ्चार माध्यममा उल्लेख भए अनुसार जब नयाँ केटिहरु बेश्यालयमा आउछन् तब ती किशोरीलाई ‘बोन्ड गर्ल’ भनिन्छ । उनीहरु प्राय १२ देखि १४ वर्ष बिचका हुन्छन् ।ती किशोरीहरु प्राय गरी गरिब परिवारबाट आउने गर्छन् । ती मध्येका धेरैजना बेचबिखनको शिकार भएका हुन्छन् ।

त्यतिबेला उनीहरुको कुनै अधिकार र स्वतन्त्रता हुदैन । उनीहरुलाई त्यहा ल्याउदा किनेको पैसा नउठाएसम्म उनिहरु स्वतन्त्र हुन पाउदैनन् र पैसा चुत्ता भएपछि मात्रा उनिहरुले त्यो ठाउ छोड्न पाउछन् । त्यो पैसा चुत्ता गर्नलाई कम्तिमा पनि एक देखि पाच वर्षसम्म लाग्न सक्छ ।

तर उनिहरु त्यो ठाउ छाडेर जाने बेलामा धेरै समस्याहरु आउने गरेको पाइएको छ । समाजमा उनिहरुलाई हेयको दृष्टिले हेरिने भएको हुदा स्वतन्त्र भइसकेपछि पनि त्यही वस्नुपर्ने बाध्यता रहन्छ । त्यहिबाट परिबारसगं सम्पर्क गरी परिवारलाई आर्थिक सहयोग गर्छन् ।

बगंलादेशमा सार्बजनिक ठाउमा केटाहरुले केटिको साथमा हिड्न नमिल्ने व्यवस्था छ । तर यो बेश्यालय भित्र त्यस्ता कुनै कानुन हुदैन जसले गर्दा यो बेश्यालय दुई सय बर्ष देखि निरन्तर चल्दै आएको छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger