Headlines News :
Home » » मेसीलाई दबाब नदिन महान् फुटबलर डिएगो म्याराडोनाको आग्रह..

मेसीलाई दबाब नदिन महान् फुटबलर डिएगो म्याराडोनाको आग्रह..

Written By news on Thursday, 30 June 2016 | 23:11


असार १७ ब्युनस एयर्स:
 अर्जेन्टिनी महान् फुटबलर डिएगो म्याराडोनाले राष्ट्रिय टोलीबाट भर्खरै सन्न्यास लिएका कप्तान लियोनल मेसीलाई निर्णय फिर्ता लिन दबाब नदिन सबैसँग अग्रह गरेका छन्।

उनले सन्न्यासको निर्णय जारी राख्ने वा त्यसमा पुनर्विचार गर्नेबारे सोच्न मेसीलाई केही समय स्वतन्त्रता छाडिदिन पनि आग्रह गरेका छन्।यसअघि राष्ट्रिय टोलीबाट नखेल्ने निर्णय लिएका मेसीलाई निर्णयमाथि पुनर्विचार गर्न आग्रह गरेका म्याराडोनाले आफ्नो भनाइ परिवर्तन गरेका हुन्।

‘हामीले अहिले मेसीलाई बिदा मनाउन दिनुपर्छ’, म्याराडोनाले भनेका छन्, ‘यतिबेला हामीले एउटै धारणा तय गनुपर्छ, यदि मेसी राष्ट्रिय टोलीबाट खेल्न चाहँदैनन् भने उनको विकल्प खोज्न सक्नुपर्छ।’

गत सोमबार कोपा अमेरिका फुटबल प्रतियोगिता सुरु भएको एक सयौं वर्ष पुगेको अवसरमा आयोजित विशेष संस्करणको फाइनलमा अर्जेन्टिनी टोली चिलीस“ग टाइब्रेकरमा पराजित भएपछि मेसीले राष्ट्रिय टोलीबाट नखेल्ने निर्णय सार्वजनिक गरेका थिए।

फाइनल खेलको टाइब्रेकरमा मेसी गोल गर्न चुकेका थिए।खेल सक्किएलगत्तै मेसीले सार्वजनिक गरेको सन्न्यासको निर्णयले सबैलाई आश्चर्यमा पारेको थियो।आफ्नै कप्तानीमा अर्जेन्टिनालाई तीन ठूला प्रतियोगिताको फाइनलमा पुर्याएर पनि उपाधि जित्न नसकेपछि मेसीको पक्ष र विपक्षमा विभिन्न टिप्पणी हुँदै आएको छ।



सन् १९८६ मा अर्जेन्टिनालाई विश्वकपको उपाधि दिलाएका म्याराडोनाले पेनाल्टी प्रहारको अवसर चुकाएको सम्बन्धमा भने मेसीको बचाउ गरेका छन्।
म्याराडोनाले मेसीको बचाउ गर्दै जीवनमा कहिल्यै फुटबल नछोएकाहरूले मात्र पेनाल्टीको विषयलाई लिएर मेसीको आलोचना गरेको धारणा व्यक्त गरेका छन्।

‘जसले जीवनमा कहिल्यै फुटबल छोएको छैन, त्यसले मेसीको खेलको टिप्पणी गर्नु सुहाउँदैन’, बुधबार अर्जेन्टिनाको ला रेड रेडियोलाई दिएको अन्तर्वार्तामा म्याराडोनाले भने।म्याराडोनाले देशका लागि उपाधि दिलाउन नसके पनि मेसी आफ्ना लागि विजेता भएको टिप्पणी गरे।

‘यसपटक पनि अर्जेन्टिना फाइनलमा चिलीसँग पराजित हुन पुग्यो।मेसी तेस्रो फाइनलमा पनि देशलाई उपाधि दिलाउन असफल रहे’, म्याराडोनाले भने, ‘यद्यपि मेरो लागि मेसी विजेता हुन्।’ लामो समयदेखि अन्तर्राष्ट्रिय उपाधि जित्न नसकेकोमा मेसीको बचाउ गरेका म्याराडोनाले अर्जेन्टिनी फुटबल संघको भने आलोचना गरेका छन्।

‘हामीले सन् १९९३ मा कोपा अमेरिकाको उपाधि जितेयता कुनै पनि अन्तर्राष्ट्रिय उपाधि हात पार्न सकेका छैनौं’, म्याराडोनाले भने, ‘यो अर्जेन्टिनी फुटबल संघकै कारणले हो।संघ जसरी चलिरहेको छ, त्यसमा हामीले केही न केही गल्ती गरेका छौं।यदि संघको कार्यशैलीमा सुधार नल्याउने हो भने हामी अझै पनि उपाधिविहीन अवस्थामै रहनेछौं।’



Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger