|
|
१७ असार, दार्चुला ।
गए रातिदेखिका अविरल वर्षाका कारण आएको पहिरोमा परी दार्चुलामा २ जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा मालिकार्जुन गाविस वडा ८ का अन्दाजी २५ वर्षीय वशन्ती धामी र सर्मोली गाविस वडा नं ४ का ७२ वर्षीय चन्द्रदेव पन्त रहेेका छन । बिहीबार राति परेको अविरल वर्षाका कारण घरमाथि बाट आएको पहिरोमा पुरिएर उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । घटनास्थल तर्फ प्रहरी परिचालन गरिएको प्रहरी प्रमुख डिएसपी सुशील सिंह राठौरले जानकारी दिए । यस्तै अपी नगरपालीका वडा १७ काकडामा पहिरोले घर पुर्दा एक महिला बेपत्ता भएकी छिन् । स्थानीय प्रेम सिंह महराकी श्रीमती बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता महिलाको नाम भने खुल्न सकेको छैन । यसै गरी पहिरोकै कारण भारतसँग सिमानाका जोडीएको जौैलजिवी प्रहरी चौकी भवन समेत पहिरोको उच्च जोखीममा रहेको छ ।
तस्वीरः कपुर धामी
|
|
Post a Comment