Headlines News :
Home » » नरेन्द्र मोदीको नारा डाक्टर बाबुरामले सिको गरेको खुलासा ..

नरेन्द्र मोदीको नारा डाक्टर बाबुरामले सिको गरेको खुलासा ..

Written By news on Sunday, 19 June 2016 | 22:26


काठमाडौं ।

 दुई वर्ष अघि मात्र भारतमा आफ्नो चुनावी यात्रामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नारा थियो– ‘सबका साथ, सबका विकास’ । दुई वर्षपछि यो नारा नेपालमा भित्रिएको नयाँ शक्तिका नाममा र यसलाई आफ्नो भनी प्रचार गरे बाबुरामले । उनको नारा हो ‘अबको विकास, आर्थिक विकास ।’ फरक रह्यो भाषाको , त्यहाँ हिन्दी भाषामा यो नारा लाग्यो भने यहाँ नेपालीमा ।

आजको आर्थिक दैनिकमा खबर छ– विकासको कुरा जसले पनि गर्न हुन्छ । तर ठ्याक्कै अरु कसैले भनेको कुरा केवल भाषामा उल्था गरियो भने त्यसको स्रोत उल्लेख गर्नुपर्छ । यो चाँही भएन । मोदीले यो मेरो नारा हो किन चो¥यौं नभन्लान तर अरुलाई त कता कता किरिकिरी लाग्ने नै भयो त्यो पनि खुलारुपमै ।

लेखक अमरदीपलाई असह्य नै भएछ लेखिहाले । नयाँ शक्तिका प्रस्तावक बाबुराम आफ्नै विगतलाई कहिल्यै नहेर्ने मध्येमा पर्छन् । तर कुनै पनि मान्छेसँग उसको विगत झुण्डिएकै हुन्छ, उसको प्रत्यक्ष परिचय बनेर । त्यसकाराण त्यो व्यक्ति विगतको गुणदोषकै मूर्ति भने हुन्छ । उनले विगतमा जे गरे त्यो काम गलत थियो तर उनले त्यसलाई कहिल्यै गलत मानेनन् । माओवादी जनयुद्धकालमा १७ हजारको रगत बगाएर त्यसको जिम्मेवारी लिन्न भनी भाग्न मिल्छ ? टिप्पणीकारहरुले सँधै यो प्रश्न गरिरहेका छन् । तर, उत्तर चाहि पाएका छैनन् ।

अब यो प्रश्न उनीसँग मात्र सीमित रहेन । जस्तो सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैद ठोकेका अपराधीलाई पक्राउ गर्न पाइँदैन भनी वक्तव्य निकाले, त्यो कुरा उनको मात्र नभएर यो पार्टी सदस्य हौं भन्ने सबै यसमा सहमत भएको मान्नुपर्छ र तिनले केही पहिले यसरी नै सार्वजनिक स्थलमा देशको प्रचलित कानुन मान्छु भनी खाएको सपथ केही दिनकै अन्तरमा उल्टाएको बुझ्नुपर्छ । त्यसो हो भने जेठ ३० मा रंगशालामा खाएको सपथको अर्थ के रह्यो ?


Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger