Headlines News :
Home » » भारतीय राजदूत रणजीत रायलाई खुशी पार्दा टोपबहादुर रायमाझीकै अगाडि देशकै यत्रो वेइज्जती !

भारतीय राजदूत रणजीत रायलाई खुशी पार्दा टोपबहादुर रायमाझीकै अगाडि देशकै यत्रो वेइज्जती !

Written By news on Sunday, 26 June 2016 | 02:13


काठमाडौँ –
 भारतको हस्तक्षेपको विरुद्धमा ओली सरकार डटेर सामना गरिरहेको छ । कालाबजारी र भष्ट्रचार न्युनिकरण गर्न नसके पनि यो सरकार स्वाभिमानी सरकारको रुपमा खडा भएको तथ्य आम नेपालीले बुझिरहेका छन । तर तिनै ओली सरकारका एक जना उपप्रधानमन्त्री प्रमुख अतिथी बनेर पुगेको कार्यक्रममा अचम्मैको दृश्य देखा परेको छ ।
स्वागत गीत गाँउदै आयोजकले भारतले जे भने पनि नेपालले मान्नुपर्ने’भन्दै स्वागत गीत गाएपछि अहिले त्यही गीतको चर्चा चल्न थालेको छ । आइतवार बिहान मात्र फेसबुका राष्ट्रको वेइज्जती भन्दै पोष्ट भएको यो गीत झण्डै १० हजार भन्दा वढिले हेरिसकेका छन ।
अर्घाखाँचीको सन्दिखर्क २ स्थित जनज्योति उमावीका विद्यार्थीले ‘भारतले जे भने पनि नेपालले मान्नुपर्ने’ भन्दै स्वागत गीत गाएका हुन् । भारतीय राजदूतावासको १ करोड ५१ लाख रुपैयाँ अनुदान पछि बनेको विद्यालय भवनको आईतबार भएको उद्घाटन समारोहमा उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझी, भारतीय राजदूत रणजीत राय पुगेका थिए । रायमाझी प्रमुख अतिथि थिए भने, राय विशिष्ट अतिथि बनेर विद्यालय भवन उद्घाटन गर्न पुगेका थिए । विद्यार्थीहरुले स्वागत गीत गाउँदा ‘भारतले जे भनेपनि नेपाल’ले मान्नु पर्ने सुनाएपछि अविभावक अचम्ममा परेका थिए ।
कार्यक्रममा प्रमुख अतिथी बनेर गएका उपप्रधान तथा उर्जामन्त्री टोप बहादुर रायमाझीले पनि यसै विद्यालयमा अध्ययन गरेका थिए । ‘मैले ४१ वर्ष अघि यही विद्यालयमा पढेको थिएँ,’ कार्यक्रममा उनले भने, ‘विद्यालयको उन्नतिको लागि सवस्टेशनहरु बनाउने कार्य गर्दैछु ।’
कार्यक्रममा विशिष्ट अतिथी बनेका भारतीय राजदूत रणजीत रायले पनि बोलेका थिए । विहान ७ बजेदेखि चलेको उक्त कार्यक्रम १० बजे नै सकिएको थियो ।
यस्तो थियो गीत
भारत छोडी अन्त नाता कहीँ पनि जोड्न पाउँदैनौं,
भारतसँग नाता छोडी कहीँ पाउँदैनौं
जान भारतले जे भनेनी स्विकार गरि मान,
भारतले गर्दा पायौं हामीले यत्रो ज्ञान
यो भन्दा ठूलो अरु कहीँ पाउँदैनौं ज्ञान

प्रकाशित मिति: आइतवार, असार १२, २०७३ समय: १४:११:०४

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger