Headlines News :
Home » » आशिषको बयान मिल्यो:: भिडियो हेर्नुहोस के भन्छन त..

आशिषको बयान मिल्यो:: भिडियो हेर्नुहोस के भन्छन त..

Written By news on Monday, 6 June 2016 | 22:25

आशिषको बयान मिल्यो::भिडियो  हेर्नुहोस के भन्छन त ..
फुटबलर विमल घर्तीमगरकी बहिनी मनीषा घर्तीमगरको मृत्युको अनुसन्धानका क्रममा प्रेमी आशिष चौधरीको पोलिग्राफ जाँचमा चौधरीले मनीषाको हत्या नगरेको भनी दिएको जवाफ सााचो देखिएको छ । गत मगंलबार ५ घण्टा लगाएर प्रहरी नियन्त्रणमा रहेका चौधरीको इलाका प्रहरी कार्यालय सुनवलमा पोलिग्राफ जाँच भएको थियो ।
उक्त जाँचमा मनीषा घर्तीमगरको मृत्यु तपाईंले गराउनुभएको हो भन्ने प्रहरीको प्रश्नमा चौधरीले होइन भन्ने जवाफ दिएको र उक्त जवाफ पोलिग्राफ जाँच गरी हेर्दा सााचो बोलेको देखिएको बुधबार जिल्ला प्रहरी कार्यालय नवलपरासीले पत्रकार सम्मेलनको आयोजना गरी जनाएको छ । पोलिग्राफ जाँचमा मनीषाको हत्या गरेको विषयमा चौधरीले सााचो बोलेको देखिए पनि अनुसन्धान अझै बााकी रहेको अञ्चल प्रहरी कार्यालय लुम्बिनीका प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक शेरबहादुर बस्नेत बताए ।
प्रहरीले घटनास्थलमा भेटिएको रगतको स्याम्पल तथा भिसेरा रिपोर्ट परीक्षण गर्न काठमाडौं पठाएको छ । त्यस्तै मनीषाको मृत्यु ह्याङ्गङिका कारण भएको मंगलबार आएको पोस्टमार्टम रिपोर्टमा उल्लेख छ ।

जे पनि हुन सक्छ भनेर धम्की आएको थियो
सिलु सुनार, मनीषाकी साथी
म र मनीषा छिमेकी हौं । ऊ र म अति मिल्थ्यौँ । घटनाको दिन बिहीबार मनीषाको ११ कक्षाको परीक्षा सकिएको थियो । उसले घुम्न जाऔं भनेपछि हामी साइकलमा भगजनी भन्ने ठाउँमा घुम्न गयौँ । हामी घुम्न जाँदा मनीषाको मोबाइलमा दिउँसो २ बजेतिर आशिषको फोन आयो । उसले कहाँ–कोसँग घुम्न गइस् ? भन्दै गाली गर्‍यो । त्यसपछि मनीषा र म घर फर्कियौं ।
आशिष मनीषामाथि धेरै शंका गथ्र्यो, मनीषा कुनै केटासँग नबोलोस्, नहिंडोस् भन्ने चाहन्थ्यो । घर फर्किएपछि मनीषाले आफ्नो मोबाइलको स्विच अफ गरी । पछि आशिषले मेरो मोबाइलमा फोन गरेर ‘म मनीषाको सामान लिएर उसको घर आउँदै छु । उसलाई भन्देऊ, आज जे पनि हुन सक्छ’ भनेर फोन राख्यो । त्यतिबेला मैले मोबाइलको लाउडस्पिकर अन गरेको थिएँ । मनीषाले उसको सबै कुरा सुनेकी थिई । त्यो कुरा सुनेपछि मनीषा डराएकी थिई अनि त्यसको एकछिन पछि म आफ्नो घर गएँ ।
भोलिपल्ट बिहानै आशिषले मलाई फोन गर्‍यो अनि मनीषालाई फोन उठाउन भन त, उसले रातिदेखि फोन नै उठाएकी छैन भन्यो, तर उसलाई मनीषा अघिल्लो राति नै मरेको थाहा थियो । उसले आफू जोगिन बिहान मलाई फोन गरेको होला

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger