|
|
आक्रमणकारी उमर कट्टरपन्थी इस्लामिक विचारधारसँग जोडिएको अनुमान लगाएको एफबिआईका एक प्रवक्ताले बताएका छन् । तर अहिलेसम्म यो आक्रमण आन्तरिक चरमपंथी वा अन्तर्राष्ट्रिय चरमपन्थी आक्रमण हो भन्ने खुलेको छैन । उमरले आक्रमण अघि इमजेन्सी नम्बर ९१९ मा फोन गरेर इस्लामिक स्टेटका बारेमा कुरा गरेको एफबिआईले पुष्टी गरेको छ ।
एफबिआईले गएको तीन वर्ष भित्रमा चरमपंथी आक्रमणको सम्भावनामा एफबिआईले उमरसँग तीन पटक सोधपुछ गरेको थियो ।
उमरका बारेमा आफूहरुलाई पहिलो पटक सन् २०१३ मा जानकारी मिलेको एफबिआईका एजेन्ट रोनाल्ड हापरले बताउनुभयो । त्यसबेला उमरका बारेमा पूर्ण छानबिन गरिएको थियो । उमरले ओरल्याण्डको आक्रमण्मा एउटा अलसट साइफल, एउटा ह्याण्डगन र केही संदिग्ध उपकरण प्रयोग गरेको प्रहरीले जनाएको छ । उमरका बुवा मिर सादिकले एनबिसी न्युजसँग यो घटनाको धर्मसँग कुनै सम्बन्ध नरहेको बताएका छन् । समलिंगी जोडीले चुम्बन गरेको देखेर उ आक्रोसमा आएको हुन सक्ने मिरले बताए । मिरले घटनाका लागि परिवारको तर्फबाट माफि पनि मागेका छन् । श्रोत उज्यालो अनलाइन बाट |
|
|
Post a Comment