Headlines News :
Home » » वास्तविक नाम लुकाएर चर्चित बनेका नेपाली कलाकारहरु !!

वास्तविक नाम लुकाएर चर्चित बनेका नेपाली कलाकारहरु !!

Written By news on Monday, 20 June 2016 | 03:20

वास्तविक नाम लुकाएर चर्चित बनेका नेपाली कलाकारहरु !! उनिहरुको वास्तविक नाम के थियो त ? सबैले जानी राखौ !!!


तिनै सेलिब्रेटीहरुको वास्तविक नामबारे पारिएको एक सामाग्री तयार पारेको छ । तलको सामाग्री पढ्नुहोस् र आफूलाई मन पर्ने सेलिब्रेटीको वास्तवीक नाम थाहा पाउनुहोस् ।

निखील उप्रेती :
एक्शन अभिनेताको रुपमा परिचित अभिनेता निखील उप्रेतीको वास्तविक नाम दिनेश उप्रेती हो । तर पछि उनले नाम बदलेर निखील बनाए । फेरेको निखील नाम उनलाई निकै फाप्यो । उनको नागरिकताको नाम भने दिनेश उप्रती नै हो ।

करिस्मा मानन्धर :
सदावहार नायिका करिस्मा मानन्धरको नाम बच्चा देखी बृद्धासम्म सबैको मुखमा झुण्डीएको छ । तर धेरै कमलाई उनको वास्तविक नाम करिस्मा हैन भन्ने कुरा थाहा छैन । उनको वास्तवीक नाम भने बुनु केसी हो ।

झरना थापा:
अर्की सदाबहार नायिका झरना थापाको वास्तविक नाम पनि धेरै कमलाई थाहा होला । उनको वास्तवीक नाम कमला थापा हो ।

पुजा चन्द:
अभिनेत्री पुजा चन्दको वास्तविक नाम पनि पुजा हैन । सुरज चन्दसँग विवाह गरेर चन्द बनेकी पुजाको वास्वीक नाम हो राधिका परियार ।

जल शाह:
अभिनेत्री जल शाहको पूरा नाम जल शाह कर्माचार्य थियो । तर उनी मात्र जल शाहका नामले परिचित छिन् ।

रमीत ढुङगाना:
अभिनेता रमीत ढुङगानाको वास्तविक नाम राधेश्याम ढुङगाना हो ।

आर्यन सिग्देल:
चक्लेटी नायक आर्यन सिग्देलको वास्तवीक नाम हरिश सिग्देल हो । तर उनको हरिश नाम परिवारमा मात्र सिमीत रहन पुग्यो । फ्यानहरुबिच उनी आर्यनका नामले परिचित छन् ।

गरिमा पन्त:
नायिका गरिमा पन्तको वास्तविक नाम पनि कमला पन्त थियो । पछि उनले बदलेको नामले नै उनलाई चिनायो । आज उनी गरिमा पन्तका नामले परिचित छिन् ।

मेलिना मानन्धर:
अभिनेत्री मेलिना मानन्धरको वास्तविक नाम पनि मेलीना हैन । उनको वास्तवीक नाम सुनिता मानन्धर हो ।

नन्दीता केसी:
नन्दीता केसीलाई पनि फेरेको नाम निकै फापेको छ । उनको वास्तवीक नाम शोभा केसी हो ।

युना उप्रेती:
अभिनेत्री युना उप्रेतीले त्यति धेरै फिल्ममा काम गरेकी छैनन । तरपनि उनको नाम चर्चित छ । उनले काम गरेका एक दुईवटा फिल्मले नै उनलाई चिनाएका छन् । युनाको वास्तविक नाम जमुना उप्रेती हो ।

उषा पौड्याल:
नेपाली फिल्म उद्योगसँगै भारतीय टेलिभिजनमा समेत काम गरेकी अभिनेत्री उषा पौड्यालको वास्तविक नाम रुपमणी पौड्याल हो ।

सुमिना घिमीरे:
मोडलिङबाट अभिनेयमा आएकी अभिनेत्री सुमिना घिमीरेले पनि यस क्षेत्रमा आउनुभन्दा पहिले आफ्नो नामको अगाडी सु थपेकी थिईन् । उनले थपेको ‘सु’ ले उनलाई राम्रै फाईदा पुर्यायो ।

आना शर्मा:
फिल्म जेरीबाट सिने उद्योगमा प्रवेश गरेकी अभिनेत्री आना शर्माको वास्तवीक नाम अन्नपूर्ण शर्मा हो ।

रेश मरहठ्ठा:
अभिनेता रेश मरहठ्ठाको वास्तविक नाम सुरेश मरहठ्ठा हो ।

विरेन्द्र श्रेष्ठ:
अभिनेता विरेन्द्र श्रेष्ठको पनि वास्तविक नाम विरेन हैन । उनको वास्तविम नाम विरेन्द्र श्रेष्ठ हो ।
श्रोत रेडियो अडियो बाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger